मेसीको ह्याट्रिकसँगै अर्जेन्टिना विश्वकपमा छनोट



अर्जेन्टिनाले विश्व कप खेल्न नपाउने हो कि भन्ने अर्जेन्टिनाका फ्यानहरुलाई मेसीले खुसी बनाएका छन् । इक्वेडरविरुद्ध लियोनल मेसीले ह्याट्रिक गर्दै अर्जेन्टिनालाई विश्वकप २०१८ छनोट गर्न सफल भएका छन् ।

बुधबार बिहान इक्वेडरविरुद्ध मेसीले ३ गोल हानेर रसिया विश्वकपमा अर्जेन्टिनाको सिट सुरक्षित गराएका हुन् ।

खेलको सुरुमा इक्वेडरका रोमारियो इबोराले अर्जेटिन्टना विरुद्ध पहिलो गोल गरेका थिए । त्यसपछि मेसीले खेलको १२ औं मिनेटमा पहिलो गोल फर्काएका थिए भने खेलको २० औं मिनेटमा उनले दोस्रो गोल गरे ।

दोस्रो हाफको ६२औं मिनेटमा मेसीले तेस्रो गोल गर्दै इक्वेडरविरुद्ध ह्याट्रिक गरे। मेसीको ह्याट्रिकसँग घरेलु मैदानमा खेलेको इक्वेडरले हार व्यहोर्नु पर्यो ।

मेसीले यो खेलमा ह्याट्रिक गरेर अर्जेन्टिनालाई विश्वकपमा मात्र पुर्याएनन् छनौट चरणमा सबैभन्दा बढी गोल गर्ने रेकर्ड पनि बनाएका छन् ।

विश्वकप छनौटका ४५ खेल खेलेका मेसीले २१ गोल गरेका छन् । विश्वकप छनौट खेलेका खेलाडीले गरेको यो अहिलेसम्मकै सबैभन्दा बढी गोल हो । एजेन्सी


पुष्प दुलाल