यी हुन् ‘फाइभ स्टार’ होटलभन्दा महंगा नेपालका ११ रिसोर्ट, मूल्य कति पर्छ ?



काठमाडौं । होटल भन्ने वित्तिकै सुविधा सम्पन्न पाँच तारे होटल झट्ट सोच्ने गरेका छौ । तर विगत देखिको इतिहास हेर्ने हो भने पाँच तारे होटलभन्दा बढी लगानी गरेर खोलिएका सुविधा सम्पन्न रिसोर्टहरु महंगा र सुविधायुक्त छन् ।

नेपालमा पछिल्लो समय तारे होटल भन्दा पनि पर्यटक स्तरका रिसोर्टहरु खुल्नेक्रम झनै बढ्दै गएको छ । नेपालमा पाँच तारे होटलका भन्दा पनि बढी सेवा सुविधा दिएर खुलेका रिसोर्टहरु पुराना र नयाँ दर्जनौको संख्यामा रहेका छन् ।

नेपाल भर पर्यटक स्तरका रिसोर्टहरुको संख्या २ सय भन्दा बढी छन् । हामीले चर्चा गर्न लगेका सुविधासम्पन्न रिसोर्टहरु जुन पाँच तारे होटलका भन्दा बढी सुविधामा खुलेका छन् ।

नेपालमा विगत देखिनै यस्तो चल्दै आएको छ । पुराना सुविधा सम्पन्न रिसोर्टहरु अहिले पनि चलिरहेका छन् । काठमाडौंमा मात्रै नभएर देशभर यस्ता रिसोर्टहरु छ । उक्त रिसोर्टहरुले तारेको मान्यता नलिइकनै संचालनमा रहने गरेका छन् ।

देशभर सुविधासम्पन्न रिसोर्टहरु १ सय भन्दा बढी रहेका छन् । पछिल्लो समय तयार भएका रिसोर्टहरु बढी मात्र चितवनको सौराह तथा पोखरामा बढी मात्रमा रहेका छन् । रिसोर्टहरुले पर्यटकहरुलाई लिने रुम चार्ज पाँच तारे होटलहरुको भन्दा पनि महंगो रहेका छन् ।

यी हुन् सुविधा सम्पन्न नेपालका ११ रिसोर्टहरु

१, गोकर्ण फरेष्ट रिसोर्ट

काठमाडौंको गोकर्णको उच्च भागमा रहेको गोर्कर्ण फरेष्ट रिसोर्टमा महंगो पैसा तिर्न सक्ने पर्यटकहरु बसाई हुने गरेको छ । शहरकोबीच भागमा रहेको रिसोर्ट भए पनि जंगल समेत ठूलो क्षेत्रफलमा रहेको छ । जसका कारण पनि पर्यटकहरुको मन लोभिने गरेको छ । नेपालमा पहिलो र सुविधासम्पन्न गल्फ रिसोर्ट कोर्ष समेत रिसोर्टमा रहेको छ ।

६, वटा स्विट रुमा, ७८ वटा स्विट डिलक्स र १६ वटा डिलक्स रुम रिसोर्टमा रहेका छन् । त्यहाँ जाने पर्यटकले १ सय ६० डलर देखि ७ सय डलर सम्म एउटा रुमको तिर्ने गरेका छन् । जुन रकम अन्य पाँच तारे होटलहरुको भन्दा बढी हो । पाँच तारेहरुमा बढीमा २ सय डलरमा पर्यटकहरुले रुम पाउने परेका छन् ।

२, क्लव हिमालय

भक्तपुरको नगरकोटमा रहेको क्लव हिमालय नेपालमा पुराना रिसोर्टहरुमा पर्दछ । प्राकृतिको रमणीय क्षेत्रका अवस्थित उक्त रिसोर्टमा स्विट, डिलक्स, स्विट डिलक्स, स्ट्यान्र्डड, र अन्य गरी रुमहरु छ्ुट्याइएको छ । जसमा कार्यक्रम गर्नको लागि पनि ५ वटा साना र ठूला गरी हलहरु समेत रहेका छन् । रिसोर्टमा जाने पर्यटकहरुले प्रति रातको ८५ डलर देखि १ सय १० डलरसम्म तिर्ने गरेका छन् ।

३, द्धारिकाज् होटल

काठमाडौंको बत्तिसपुतलीमा अवस्थित द्वारिकाज् होटल हेरिटेज होटल समेत हो । पाँच तारे होटलका पनि धेरै सुविधा रहेको उक्त होटलमा ६ वटा स्विट, ८१ वटा स्विट डिलक्स र स्ट्यान्र्डड रुमहरु रहेका छन् । होटलमा बस्नको लागि पर्यटकले एक रातको २ सय ७० डलर देखि ४ सय डलरसम्म खर्च गर्ने गरेका छन् ।

४, पार्क भिलेज होटल रिसोर्ट एन्ड अपार्टमेन्ट

काठमाडौंको बुढानीलकन्ठमा रहेको पार्क भिलेज होटल रिसोर्ट एन्ड अपार्टमेन्ट सुविधासम्पन्न रिसोर्टमा पर्दछ । जहाँको अपार्टमेन्टमा समेत महिनौसम्म बस्ने पर्यटकहरु समेत आउने गरेका छन् । नेपालमा अध्ययन तथा अनुसन्धानको लागि आउने पर्यटकहरु समेत उक्त रिसोर्टमा बस्ने गरेका छन् । रिसोर्टमा ४३ वटा डिलक्स कटेज, १४ वटा अपार्टमेन्ट, ३५ वटा स्ट्यान्र्डड, २४ वटा स्विट डिलक्स र ३ वटा भिल्लाज् रुमहरु रहेका छन् । रिसोर्टमा प्रतिरात एक पर्यटकले ६० डलर देखि १ सय ४० डलर सम्म खर्चने गरेका छन् । त्यस्तैगरी अपार्टमेन्टमा भने प्रति महिना ९ सय डलर देखि १ हजार ८ सय डलरसम्म तिर्ने गरेका छन् ।

५, द्वारिकाज् रिसोर्ट धुलिखेल

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आएको समयमा उक्त रिसोर्टमा बसेर खिचेको फोटो टुईट गरेपछि द्ववारिकाज् रिसोर्ट धुलिखेलको चर्चा झनै चुलिएको थियो ।

द्ववारिकाज् रिसोर्ट धुलिखेलमा रोयल स्विट, हेरिटेज एक्जिभेटिभ स्विट, हेरिटेज जुनियर स्विट, हेरिटेज डिलक्स रुम रहेका छन् । रमणीय स्थानमा रहेको उक्त रिसोर्ट सधै भरिभराउ हुने गरेको छ । ट्रिप एड्भाइजरीले समेत टप १० होटल तथा रिसोर्ट भित्र राखेका थियो । उक्त रिसोर्टमा जाने पर्यटकले प्रतिरात २ सय डलर दखि ५ सय डलरसम्म खर्च गर्ने गरेका छन् ।

६, सांग्रिला भिलेज रिसोर्ट

पोखरामा रहेको सांग्रिला भिलेज रिसोर्ट सुविधा सम्पन्न र चर्चित रिसोर्ट हो । ६१ वटा डिलक्स रुम रहेको रिसोर्टमा जाने पर्यटकले १ सय ८० डलर रुपैयाँ प्रतिरात खर्च गर्ने गरेका छन् । १ सय ५० सिट क्षमताको कन्फरेन्स हलसेमत रहेको रिसोर्टमा सवै प्रकारका सुविधाहरु रहेका छन् ।

७, फिष्टेल लज

पोखराको सुविधा सम्पन्न रिसोर्ट फिस्टेल लज पुरानो हो । फेवातालको छेऊमा रहेको उक्त लजमा १२ वटा डिलक्स, ४८ वटा स्ट्यान्र्डड रुमहरु रहेका छन् । जसमा १ सय ५ डलर देखि १ सय १५ डलर रुपैयाँ रुमको पर्ने गर्दछ । ६० जना अट्ने क्षमताको हल समेत रहेको छ ।

८, टेम्पल टाइगर जंगल लज एन्ड रिसोर्ट

विगतमा चितवन राष्ट्रिय निकुञ्ज भित्र संचालनमा रहेको टेम्पल टाइगर अहिले भने निकुञ्ज बाहिर संचालनमा रहेको छ । सौराहमा गुलजार ल्याउने रिसोर्टको रुपमा परिचित टेम्पल टाइगरमा १ स्विट रुम रहेको छ भने ३२ वटा डिलक्स रुमहरु रहेका छन् । जसको एक रातको १ सय २५ डलर देखि २ सय ५० डलर सम्म पर्दछ । विगतमा निकुञ्ज भित्र संचालनमा हुदाँ ५ सय देखि १ हजार डलरसम्म एक रातकै पर्यटकहरुले खर्च गर्ने गरेका थिए ।

९, आइल्यान्ड जंगल रिसोर्ट

चितवनमै रहेको आइल्यान्ड रिसोर्ट सुविधासम्पन्न रिसोर्ट मध्ये एक हो । जसमा १२ वटा स्विट डिलक्स, १६ वटा स्टायन्र्डड रुमहरु रहेका छन् । जसको प्रति रात १ सय २५ डलर देखि २ सय ५० डलर सम्म पर्दछ । विगतमा आइल्यान्ड रिसोर्ट पनि निकुञ्ज भित्र संचालनमा रहेको थियो । हाल उक्त रिसोर्ट पनि निकुञ्ज बारिह संचालनमा रहेको छ ।

१०, मेघौली सेराई चितवन

विनोद चौधरीको लगानी रहेको मेघौली सेराई रिसोर्ट पछिल्लो समयको सवैभन्दा सुविधासम्पन्न रिसोर्ट हो । दुई वर्ष अगाडी मात्रै संचालनमा आएको सेराईमा महंगा पर्यटक भित्र्याउने लक्ष्यका साथ निर्माण गरिएको थियो । राप्ती महल, राप्ती भिल्ला र मेघौलि रुम रहेको छ । ३० वटा रुम रहेको सेराईमा महंगा पर्यटक लैजाने मुख्य लक्ष्य रहेको छ ।

११, रुपाकोट रिसोर्ट

बेल्जियममा २० वर्षदेखि व्यवसाय गरिरहेका पुष्प अधिकारीको कास्कीमा ‘रूपाकोट रिसोर्टु सञ्चालनमा ल्याएका छन् । ३० करोड लगानी रहेको रिसोर्टमा ४२ वटा वातानुकुलित कोठा छन्।

सन् २०१२ मा निर्माण थालिएको यो रिसोर्टको २ सय रोपनी कम्पाउन्ड छ । रिसोर्टका आठ वटा भवन छन् । अहिले मुख्य भवन, पार्किङ, स्वीमिङ पुल, गार्डेन र दुईवटा हेलिप्याड छन् । पैसावाल र प्राकृतिक सुन्दरताका पारखीहरुलाई लक्षित गरेर रिसोर्ट निर्माण गरिएको सञ्चालक अधिकारीले जानकारी दिए ।

रिसोर्टको मूख्य विषेशता एकै ठाउँबाट बेगनास र रुपा तालका साथै दर्जनौं हिमशृंखला र पोखरा शहरको दृश्यावलोकन हो । रुपाकोटसँग बेलायतका राजकुमारले पैदल हिँडेको इतिहास पनि छ ।


पुष्प दुलाल