एनआईसी एशिया क्यापिटलको सिइओमा ढुंगेल



काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडको ३९औ सञ्चालक समितिको बैठकको निर्णय अनुसार प्रमुख कार्यकारी अधिकृत पद्मा झनक राज ढुंगेललाई नियुक्त गरिएको छ ।

ढुंगेल विगत २३ वर्ष देखि नेपालको वित्तीय क्षेत्रमा कार्यरत रहदै आएका छन् । यस अघि ढुंगेल अरनिको विकास बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा आबद्ध रहेका थिए ।

ढुंगेलले एनआईसी एशिया बैंकको मातहतमा प्रमुख कार्यकारी अधिकृत रहेका राम चन्द्र खनालको स्थानमा कार्यभार समाल्ने छन् ।

सेवाग्राहीको सहजतालाई शिरोपर गर्दै उच्चतम प्रविधि तथा उत्कृष्ट जनसक्तिको सहायताबाट गुणस्तरीय ग्राहकमुखि सेवा प्रदान गर्दै आईरहेको छ ।


क्लिकमान्डु