सार्वजनिक यातायातको भाडा बढाउने सरकारको तयारी



काठमाडौं । सार्वजानिक यातायातको भाडा बढ्ने भएको छ । यातायात व्यवसायीको दबाबमा सरकारले फेरि सार्वजानिक यातायातको भाडा बढाउने तयारी थालेको हो ।

भाडा बढाउने प्रयोजनकै लागि भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका निर्देशक प्रेमकुमार शाक्यको संयोजकत्वमा भाडा निर्धारण समिति गठन गरेको छ ।

व्यवसायीले महंगी तथा अन्य शुल्क बढेको भन्दै न्यूनतम ३५ प्रतिशत भाडा बढाउनुपर्ने दबाब दिँदै आएका थिए ।

व्यावसायीले इन्धनको मात्रा ३५ प्रतिशतमात्रै रहेको र अन्य विषय ६५ प्रतिशत भएकाले इन्धनको मूल्य घटेको भरमा मात्रै भाडा स्थिर राख्न नसक्ने दावी गर्दै आएका छन् ।

दशैं अघि नै यातायात व्यावसायीले दबाव दिएर भाडा बढाउन खोजेका थिए । पछि भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रीलगायत उच्च सरकारी अधिकारी र व्यावसायीका प्रतिनिधिबीचको वार्ताबाट तत्काल भाडा नबढाउने सहमति गरिएको थियो ।

तर व्यावसायीले तिहारलगत्तै भाडा बढाउन सरकार सहमत भएको बताउँदै आएका छन् ।

विभागले सार्वजनिक यातायात, सामान ढुवानी र मिटरमा सञ्चालन हुने ट्याक्सीको समेत भाडा बढाउने उद्देश्यले एक महिना अघि भाडा समायोजन समिति गठन गरेको हो ।


पुष्प दुलाल