डेढ करोडको ‘छक्का पन्जा २’ले ११ करोड कमायो



काठमाडौं । दिपाश्री निरौलाको निर्देशनमा निर्मित चलचित्र ‘छक्का पन्जा २’ सर्वाधिक ब्यापार गर्ने चलचित्र भएको छ । असोज ११ गतेदेखि प्रदर्शनीमा आएको चलचित्रले ११ करोड रुपैयाँ कमाएको छ ।

११ करोड रुपैयाँको व्यापारसँगै कोहिनुरलाई पछि पार्दै छक्का पन्जा सर्वाधिक ब्यापार गर्ने चलचित्र भएको हो । कोहिनुरले १० करोड रुपैयाँको ब्यापार गरेको थियो ।

चलचित्रका सहायक निर्देशक तथा मूख्य कलाकार दिपक राज गिरीले ११ करोड रुपैयाँ बराबरको ब्यापार भएको जानकारी दिएका हुन् ।

‘११ दिनमै चलचित्रले ११ करोड रुपैयाँ कमाई सकेको छ, कमाईको केहि हिस्सा सामाजिक कार्यमा खर्च गर्ने छौं,’ गिरीले क्लिमाण्डूसँग भने ।

‘छक्का पन्जा १’को कमाइले एम्बुलेन्स खरिद गरेका थियौं । अबको कमाईबाट पनि अर्को एम्बुलेन्स थप्ने तयारी गरिरहेको उनले बताए ।

गिरीका अनुसार चलचित्र निर्माणमा करिब १ करोड ५० लाख रुपैयाँ खर्च भएको थियो ।

‘ए दाजु नसमाउ नाडीमा’ बोलको गितले चलचित्र रिलिज पूव राम्रो आम्दारी थियो । चलचित्रको ट्रेलरलाई यूट्यूबमा १८ लाख ८७ हजार ७ सय ३९ पटक हेरेका थिए ।

चलचित्र छक्का पन्जा २ मा दिपक राज गीरी, प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, बुद्धी तामाङ, बर्षा राउत, गौरब पहारी, स्वरुप पुरुष ढकाल, स्वस्तीमा खड्का, लक्ष्मी गिरी, जयनन्द लामा, शिवहरी पौडेल, किरन केसी र राजाराम पौडेललगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।


पुष्प दुलाल