यी नेपाली युवा, जसले दाँतले साढे ६३ किलो तौल उचालेर गिनिज बुकमा नाम लेखाए



काठमाडौं । नेपाली मूलका युवा  उज्ज्वल ठकुरीले गिनिज बुक अफ वर्लमा नाम लेखाएका छन् ।

गिनिज बुकमा रहेको भ्यानडम शैली द्वारा अधिक वजन पुरुषहरुले उठाउने विधामा ५० किलोको रेकर्डलाई तोडेर ६३.५८ किलो उठाउँदै नयाँ विश्व रेकर्ड राख्न सफल भएका हुन् ।

४२ वर्षअघि काठमाडौंमा जन्मिएका ठकुरी १५ वर्षअघि अमेरिका गएका थिए ।

ठकुरीले कराते खेलेर धेरै राष्ट्रिय तथा अन्तरराष्ट्रिय अवार्डहरु प्राप्त गरिसकेका छन् । वर्ल्ड टाईटल बेल्ट, वर्ल्ड च्याम्पियन बेल्ट, दुईवटा राष्ट्रिय स्वर्ण पदक , दुईवटा अन्तरराष्ट्रिय कप त्यस्तै गरि दुईवटा अन्तरराष्ट्रिय ट्रफी उनले प्राप्त गरेका अवार्डमध्ये चर्चित अवार्ड हुन् ।

करातेमा उनले आफ्नो ५ किसिमको पृथक विशेष अविष्कार गरेका थिए । जसमा ‘फाङ् काटामा’ (अमेरिकन किक अन्तर राष्ट्रिय) अमेरिकन अन्तरराष्टिय खेलमा स्वर्ण कप हात पारे । त्यस्तै सोही खेलमा ‘फांग खुकुरी काटा’ मा रजत पदक हात पारे भने अर्को आविष्कार ‘फांग ब्रेकिंग’ मा विश्व वेल्ट उपाधी प्राप्त गरेका थिए ।

त्यसैगरी, भ्यानडम शैली मा विश्व च्याम्पियन वेल्ट र सर्टिफिकेट द्वारा ‘कुरो बुशि वोर्ल्ड च्याम्पियन खेलमा नर्थ क्यारोलिनामा सम्मानित भएका थिए ।


पुष्प दुलाल