थपिने भयो ३ वटा निर्जीवन बीमा कम्पनी



काठमाडौं । बीमा क्षेत्रमा ३ वटा निर्जीवन बीमा कम्पनी थपिने भएका छन् ।

बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले दशैं अगाडि ३ वटा निर्जीवन बीमा कम्पनीलाई संचालनको लागि सैद्धान्तिक अनुमति दिएको छ ।

समितिबाट सैद्धान्तिक सहमति पाउने कम्पनीमा अजोड,सानिमा र जनरल इन्स्योरेन्स(जिआईसी) रहेका छन् ।

अहिले १७ वटा निर्जीवन बीमा कम्पनी रहेका छन् ।

बीमा समितिले जीवन बीमा कम्पनीको लाइसेन्स दिएपछि निर्जीवन बीमा कम्पनीको पनि दिएको हो ।

१० वटा बीमा कम्पनीले लाइसेन्स पाइसकेका छन् । जसमा कारोबारको अनुमति पाउन महालक्ष्मी इन्स्योरेन्सले मात्र बाँकी छ । ३ वटा जीवन बीमा कम्पनी संचालनमा आइसकेका छन् ।

अरुपनि केही तिहार अगाडि र केही तिहारपछि संचालनमा आउने तयारीमा रहेका छन् ।

तोकिएको पुँजी पुर्याएपछि कारोबारको लागि अन्तिम स्विकृति पाउने बीमा समितिका निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

निर्जीवन बीमा कम्पनीको लागि १ अर्ब चुक्ता पुँजी तोकिएको छ । बीमा कम्पनीले न्यूनतम ५१ प्रतिशत रकम अर्थात ५१ करोड रुपैयाँ संस्थापकबाट लगानी गर्नुपर्ने छ । बाँकी रकम भने पब्लिकको बाट उठाउन सकिने छ ।


क्लिकमान्डु