राष्ट्र बैंकले आज पाँच अर्बको तरलता प्रशोचन गर्दै



काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबार बोलकबोलबाट ५ अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ ।

बैंकिङ प्रणालीमा लगानीयोग्य पूँजी अधिक भएपछि बैंकले बजारबाट उक्त परिमाणको तरलता प्रशोचन गर्न लागेको हो ।

बैंकका प्रवक्ता नारायण पौडेलका अनुसार आज आइतबार बोलकबोलबाट बैंकिङ प्रणालीमा बढी भएको रकम ३० दिने निक्षेप संकलन उपकरणमार्फत पैसा उठाउन लागिएको हो ।

ब्याजदर बोलकबोलबाट निर्धारण गरिने राष्ट्र बैंकले जनाएको छ । निक्षेपको साँवा र ब्याज भुक्तानी कात्तिक २१ गते हुनेछ ।

हाल बजारमा झण्डै  १ खर्ब हारहारीमा तरलता छ । बैँकिङ प्रणालीमा तरलता अभाव भयो भने केन्द्रीय बैंकले रिपोमार्फत बजारमा पैसा पठाउने र बढी भए खिच्ने गर्छ । यसअघि पनि बैंकले दुईपटक गरी ६ अर्ब रुपैयाँ तरलता प्रशोचन गरिसकेको छ ।

बैंकिङ प्रणालीमा तरलता बढ्दै गएपछि निक्षेपको ब्याजदर पनि घट्न थालेको छ । बैंकले सस्तो दरमा कर्जा दिन थालेका छन् ।


क्लिकमान्डु