नेपाल प्रहरीका पूर्वडिआइजी नबराज सिलवाल एमाले प्रबेस गरे



काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआईजी नवराज सिलवाल नेकपा एमालेमा प्रवेश गरेका छन्। एमाले‍ अध्यक्ष केपी ओलीले टिका र खादा लगाएर शुक्रबार सिलवाललाई एमालेमा प्रबेस गराए ।

प्रहरी प्रमुखमा बढुवा नभएपछि असन्तुष्ट बनेका सिलवालले सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । तर, सर्बोच्चले सरकारी निर्णय सदर गरेपछि उनले पदबाट राजिनामा दिएका थिए ।

उनी केही हप्तायता एमालेका धेरै कार्यक्रमहरुमा सहभागी भएको देखिन्थे । सिलवालले दशैंको टिकासमेत एमाले अध्यक्ष ओलीबाट थापेका थिए ।


पुष्प दुलाल