१० करोड लगानीमा राजधानीको सामाखुशीमा खुल्यो कोइराला मार्ट, तिहारमा १० प्रतिशत छुट



काठमाडौं । राजधानीको सामाखुशी, गल्कोपाखा, मैह्पी, गोङ्गबु क्षेत्र आसपास स्थानीय बासिन्दाले एउटै छानामुनि किनमेल गर्न पाउने भएका छन् ।

सामाखुशीको साविक रेडन कलेज अगाडि शुक्रबारदेखि कोइराला मार्टको औपचारिक सुभारम्भ भएको हो ।

कोइराला मार्टमा विभिन्न अन्तराष्ट्रिय ब्राण्डका सामानहरु राखिएका छन् । घरको किचनमा आवश्यक सम्पूर्ण सामाग्रीदेखि जुत्ता, ब्राण्डेड कम्पनीका मेन्स वेयर, कस्मेटिक सामानहरु राखिएका छन् ।

ग्राहकको चाहना अनुसार विभिन्न ब्राण्डका घरायसी सरसामानसँगै ग्राहकहरुको चाहना अनुसार सस्तो, सरल र सुलभ मुल्यमा आफुले खोजे जस्तो सामाग्रीहरु उपलब्ध भएको मार्टका अध्यक्ष रुद्र कोइरालाले बताए ।

मार्टमा स्वेदशी उत्पादनसँगै चीन, भारत, थाइल्याण्ड, बंगलादेश, मलेसिया लगायतका ब्राण्डेड सामानहरु पाइने अध्यक्ष कोइरालाले जानकारी दिए ।

ग्राहकको स्वास्थ्यमा विशेष ध्यान राख्दै खाद्य सामाग्रीमा कुनै पनि भुलचुक समेत हुन नदिन आफुहरुले अलग्गै समिति बनाएको पनि उनले बताए ।

देशका विभिन्न ठाउँमा र उपत्यकामा सुपर मार्केट, मार्ट, मिनी मार्ट खोल्नेको संङख्या दिनानु दिन बढ्दै गएको छ । कोइराला मार्टले अहिले शुभारम्भको अवसर पारेर भाइटिकाको दिनसम्म १० प्रतिशत छुट दिएको छ ।

लगभग १० करोडको लगानी भइसकेको मार्टमा पर्याप्त पार्किङ स्पेस रहेको छ । अहिले पहिलो प्रयासको रुपमा कोइराला मार्ट खोलिएको र आगामी दिनमा मार्टका शाखाहरु खोल्दै जाने अध्यक्ष रुद्र कोइरालाले बताए ।


पुष्प दुलाल