तेह्रथुममा कांग्रेस, एमाले र माओवादीका उम्मेद्वार को को ? (सूचिसहित)



तेह्रथुम । संघीय र प्रादेशिक निर्वाचनका लागि जिल्लाका प्रमुख दलहरुले उम्मेदवार सिफारिस गरेका छन् ।

नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले संघीय र प्रादेशिक निर्वाचनमा जिल्लाबाट आकांक्षी उम्मेदवारको नाम चयन गरी सिफारिस गरेका हुन् ।

काँग्रेसले केन्द्रीय सदस्य तथा राज्यमन्त्री सीता गुरुङलाई संघको प्रत्यक्षतर्फको उम्मेदवार बनाउन सिफारिस गरेको छ । संघको निर्वाचनमा समानुपातिकतर्फ पूर्वसांसद तुलसी सुब्बा, सांसद गणेश विमली, पूर्व जिल्ला सभापति रामनारायण ढुंगाना, गुरुप्रसाद भट्टराई र राज्यप्रसाद लिम्बूको नाम सिफारिस गरेको हो ।

यस्तै प्रादेशिक निर्वाचनमा क्षेत्र नं १ मा प्रत्यक्षतर्फ जिल्ला सभापति गोविन्द ढुंगानालाई सिफारिस गरिएको छ भने समानुपातिकतर्फ अर्जुन तुम्बाहाम्फे, अर्जुन माबोहाङ, सन्तोष सुब्बा, विपिन सुब्बा, टेकराज तिगेलालगायत नेताको नाम सिफारिस भएको छ ।

क्षेत्र नं २ मा प्रत्यक्षतर्फ नारायणकुमार इङ्नाम, बालकुमार गुरुङ र उत्तमसिंह थाम्देनको नाम सिफारिस भएको छ ।

समानुपातिकतर्फ केशव भेटुवाल, गणेश घिमिरे, भीष्म थपलिया, हरिप्रसाद डाँगी, हेमन्त गुरुङ, केदार गहतराज र जमुना बर्देवालगायतको नाम सिफारिस भएको छ ।

एमालेबाट भने संघीय निर्वाचनमा प्रत्यक्षतर्फ सभासद् भवानीप्रसाद खापुङ, तेजमान कन्दङ्वा र विष्णुमाया विकको नाम सिफारिस भएको छ ।

समानुपातिकतर्फ भीमप्रसाद घिमिरे, अर्जुन ढुंगाना र जमुना सुवेदीको नाम सिफारिस भएको छ । प्रदेशसभा क्षेत्र नं १ मा प्रत्यक्षतर्फ पार्टी अध्यक्ष लक्ष्मण तिवारी र किशोरचन्द्र दुलालको नाम सिफारिस भएको छ भने क्षेत्र नं २ बाट बाबुराम थापा, विश्वराज खापुङ र सिर्जना लामाको नाम सिफारिस भएको छ ।

समानुपातिकतर्फ क्षेत्र नं १ बाट अनुभूतिबम नेपाली, पिताम्बर तिम्सिना, धर्म खुलाल, गणेश सोदेम्बा, तुलसी अधिकारी, रेनुका भट्टराई र तारा गुरुङको नाम सिफारिस भएको एमालेले जनाएको छ ।

क्षेत्र नं २ बाट रामचन्द्र थपलिया, नेत्र पन्धाक र लक्ष्मी कार्कीको नाम सिफारिस भएको छ ।

माओवादी केन्दबाट संघीय निर्वाचनमा प्रत्यक्षतर्फ केन्द्रीय सल्लाहकार विजय सम्बाहाम्फेलाई उम्मेदवार बनाउन सिफारिस भएकोे छ । समानुपातिकतर्फ केन्द्रीय पोलिटब्यूरो सदस्य तथा जिल्ला इञ्चार्ज दुर्गाप्रसाद चापागाईं र पूर्वविधायक फुर्वी शेर्पाको नाम सिफारिस भएको छ ।

प्रदेशतर्फ क्षेत्र नं. १ मा इन्द्रबहादुर इम्सङ र गणेशकुमार सेनेको नाम सिफारिस भएको छ । समानुपातिकतर्फ दिलकुमारी लिम्बू र तेजेन्द्र कुरुम्बाङ सिफारिसमा परेका छन् ।

यस्तै क्षेत्र नं २ मा प्रत्यक्षतर्फ पोलिटब्यूरो सदस्य सुशीला कन्दङ्वा, केन्द्रीय सल्लाहकार भीमप्रसाद कन्दङ्वा र जिल्ला सहसंयोजक ताराप्रसाद भट्टराईको नाम सिफारिस भएको छ । समानुपातिकतर्फ तेजमान कन्दङ्वा, बलिराज इङ्नाम र चूडामणि बरालको नाम पठाइएको माओवादी केन्द्रले जनाएको छ ।

यसअघि संविधानसभाको निर्वाचनमा एक निर्वाचन क्षेत्र रहेको जिल्लामा २०७० मा एमाले र २०६४ मा काँग्रेसले जितेका थिए । प्रदेशको निर्वाचनमा क्षेत्र नं १ मा म्याङ्लुङ र लालीगुराँस नगरपालिका तथा छथर गाउँपालिका पर्छन् । क्षेत्र नं २ मा आठराई, फेदाप र मेन्छ्यायेम गाउँपालिका पर्छन् । रासस


पुष्प दुलाल