जनरल फाइनान्स बेस्ट फाइनान्सको रुपमा परिवर्तन हुने



काठमाडौं । जनरल फाइनान्सले नाम परिवर्तन गरेर बेस्ट फाइनान्सको रुपमा कारोबार गर्ने भएको छ ।

बेस्ट रेमिटका संचालकहरुको लगानी गरेर जनरललाई समस्याग्रस्तबाट मुत्त गरेका थिए । फाइनान्सले असोज २४ देखि बेस्ट फाइनान्सको नाममा कारोबार गर्ने अध्यक्ष पदम न्यौपानले जानकारी दिए ।

‘बेस्ट रेमिटका संस्थापकहरु फाइनान्समा पनि आवद्ध छन्,’अध्यक्ष न्यौपानले क्लिकमाण्डूसँग भने,‘रिब्रान्डिङ गरेर फाइनान्स अगाडि बढ्छ।’

नयाँ लगानीकर्ता आएपछि फाइनान्स समस्याग्रस्तबाट मुक्त भएको हो । बेस्ट रेमिटमा गैर आवासीय नेपालीहरुको लगानी छ ।

फाइनान्सको अहिले चुक्ता पुँजी ३० करोड रहेको छ । राष्ट्र बैंकले समस्याग्रस्तबाट मुक्त भएका फाइनान्सलाई चुक्ता पुँजी पुर्याउन अझै एक वर्षको समय दिएको छ ।

फाइनान्समा अन्य संस्था मर्ज गर्ने विषयमा छलफल चलेको र मर्जर नभएपनि ८० करोड रुपैयाँ हकप्रद जारी गरेर पुर्याउने न्यौपानले जानकारी दिए ।


क्लिकमान्डु