जाजरकोटका गाउँगाउँमा चुनावी गतिविधि, प्रचारमा जुट्दै दलहरु



फाइल

जाजरकोट । यहाँका गाउँ गाउँमा चुनावी गतिविधि तीव्र भएका छन् । प्रदेशसभा र प्रतिनिधिसभाको उम्मेदवारको नाम टुङ्गो लागेपछि केही दलहरु चुनावी प्रचारमा लागेका हुन् ।

जाजरकोटमा सबैभन्दा अगाडि उम्मेदवार टुङ्गो लगाएको नेकपा (माओवादी केन्द्र) ले सबैभन्दा पहिले प्रचारको कुरा लिएर गाउँ गाउँमा गएको छ । माओवादी केन्द्रको पछिपछि प्रदेशसभाको उम्मेदवार छनोटमा पछि परेको नेपाली काँग्रेसले प्रतिनिधिसभाको उम्मेदवार र प्रदेशसभाको क्षेत्र नं  २ को उम्मेदवार छनोट गरेको छ ।

तर क्षेत्र नं १ को उम्मेदवार छनोटमा कुरा नमिलेपछि समस्या परेको छ । छनोट भइसकेको क्षेत्रका उम्मेदवार चुनावी प्रचारप्रसारमा लागिसकेका देखिन्छन् । काँग्रेस पनि प्रदेशसभाको क्षेत्र नं २ र प्रतिनिधिसभाको प्रचारमा जुट्दै गाउँ गाउँमा लागेको छ ।

नेकपा (एमाले) ले कुनै पनि उम्मेदवार छनोट गर्न सकेको छैन । एमालेले आन्तरिक छलफलमा रहेको जनाएको छ । आकांक्षी धेरै भएपछि उम्मेदवार छनोटमा समस्या भएको एमालेले बताएको छ ।

प्रचारप्रसारमा सबैभन्दा अगाडि उम्मेदवार छनोट गरेको माओवादी केन्द्र प्रचारप्रसारमा पनि निकै अगाडि देखिएको छ ।


क्लिकमान्डु