आईएमईको ६ लाखको जीवन बीमा मोहेदिन मिया ठकुरीले पाए



काठमाडौं । यसपटकको दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी आईएमईले ल्याएको ‘आईएमई छक्का–पञ्जा’ अफर अन्तर्गत दोस्रो १५ दिनको जीवन बीमा आईएमई सेवाग्राही मोहेदिन मिया ठकुरीले प्राप्त गरेका छन् ।

सफ्टवेयर पद्वतिमा आधारित छनोट कार्यक्रममा कतारस्थित कतार यूुएईबाट नेपालमा पैसा पठाउनु हुने ठकुरी भाग्यशाली विजेता छनोट भएका हुन् ।

भाग्यशाली विजेता ठकुरी वा नीजले सिफारिस गरेको व्यक्तिले आईएमई लाइफ इन्स्युरेन्सको ६ लाख बराबरको जीवन बीमा प्राप्त गर्ने कम्पनीले जानकारी दिएको छ ।

भदौ १२ गतेदेखि संचालनमा ल्याएको सेवाग्राहीमूखी प्रवद्र्धनात्मक कार्यक्रममा देश विदेशका लाखौँ सेवाग्राही सहभागी भई दैनिक ‘लक्की ड्र’ मा ९०० सय जना आईएमई पे क्यासमार्फत् पुरस्कृत भइसकेका छन् ।

मंसिर ३ गतेसम्म १२ हप्ता संचालन हुने सो सेवाग्राहीमूखी कार्यकममा पैसा पठाउने सेवाग्राही मध्येबाट ट्रान्जेक्शन नम्बर र नामका आधारमा सफ्टवेयर पद्वतिमा आधारित रही विजेता छानिने कम्पनीले जनाएको छ ।


क्लिकमान्डु