पोखराको होटल स्नोल्यान्डमा अनलाइन बुकिङ गर्दा ५० प्रतिशत छुट



पोखरा। पोखरा लेकसाइडको होटल स्नोल्यान्डले नेपालीहरुको महान् पर्व दसैंको उपलक्ष्यमा पाहुनाहरुलाई विशेष छुटको प्याकेज ल्याएको छ । यी पर्वका बेला होटलले आफ्ना कोठाको रेटमा आधा छुटको घोषणा गरेको हो ।

‘दसैंको बेलाका लागि मात्रै आधा छुट दिइनेछ,’ होटलका प्रबन्ध निर्देशक गणेशबहादुर थापाले भने ।

उनका अनुसार यो योजना घटस्थापनादेखि सुरु भएको हो । कोजाग्रत पूर्णिमा भोलि अर्थात असोज २० गतेसम्म आधा छुटमा होटलका कोठा पाइनेछ ।

‘दसैंका बेला नेपालीहरुमा घुमफिरको संस्कृति बढोस् भन्ने उद्देश्यले विशेष छुटको योजना ल्याएका हौं’, थापाले भने, ‘लेकसाइडका पर्यटकीय होटल, रिसोर्टहरु सिजनमा पनि महँगो छैनन् र नेपाली पाहुनालाई विशेष सत्कार गर्न चाहन्छन् भन्ने सन्देश दिनु पनि हाम्रो उद्देश्य हो ।’

होटलस्नोल्यान्डपोखरा डटकम वेबसाइटमै गएर बुकिङ गर्नेहरुलाई मात्रै आधा छुटको व्यवस्था होटलले गरेको छ। अनलाइन पेमेन्ट गेटवे ईसेवाबाट भुक्तानी गर्न मिल्ने विशेष व्यवस्था होटलमा छ । अनलाइनबाट बुक पेमेन्ट गर्दा मात्र छुट पाउने र यसका लागि होटलको वेभसाईडमा प्रोमो कोड प्रयोग गरी ईसेवामार्फत भुक्तानी गर्नुपर्नेछ ।

ईसेवाबाट भुक्तानी गरी होटल रुम बुक गर्न मिल्ने सुविधा भएको होटल स्नोन्ल्यान्ड नै मुलुककै पहिलो होटल हो । छुटमा अनलाइनबाट कोठा बुक गर्दा होटल स्नोल्यान्डमा एक रातको न्यूनतम मूल्य १५ सय ५९ रुपैयाँ पर्न आउँछ । यो बिहानको नास्तासहितको मूल्य हो । अधिकतम् भने ३१ सय १८ रुपैयाँ पर्ने होटलले जनाएको छ।


क्लिकमान्डु