दशैंः जसले अर्थतन्त्रलाई यसरी चलायनमान बनाउँछ



काठमाडौं । दशैं भन्ने वित्तिकै रमाइलो गर्ने, मिठो खाने र घुम्न जाने भन्ने बुझिन्छ । जसका कारण पनि दसैंले अर्थतन्त्रलाई चलायमान बनाउने गरेको छ ।

मूलतः हिन्दू धर्मालम्बीहरुको पर्व भए पनि सांस्कृतिक एकताको पर्वको रुपमा लिइने दसैले हालको बजार अर्थतन्त्रलाई प्रचुर दिदैं आएको छ । नेपालीहरुको सवैभन्दा ठूलो चाड दसैंको समाजिक र सांस्कृतिक मात्र होइन आर्थिक महत्व पनि उत्तिकै छ ।

पहिल्ला वर्षहरुमा मात्र होइन पहिला-पहिला दशैं अर्थतन्त्रलाई चलायमान बनाउने एउटा प्रमुख पर्व भएको अर्थविद् केशव आचार्य बताउँछन् ।

‘स्थानीय तहको चुनाव सम्पन्न भएको तथा पुनः प्रदेश र केन्द्रको चुनाव नजिकिएकोले झनै गाउँ लाई चलायनमान बनाएको छ,’ आचार्यले भने ।

पहिला-पहिला पनि दशैैं अर्थतन्त्रलाई चलायमान बनाउने एउटा प्रमुख पर्व हो ।

पहिला-पहिला दशैं विशेषमा मात्र किनमेलका लागि बजार लाग्थ्यो भने हाल अन्यबेला समय निकाल्न नसकेका नेपालीले यही अवसरमा लत्ताकपडा सहितका समानको किनमेल गर्ने गर्दछन् ।

मौसम परिर्वतन हुनेबेला अर्थात जाडो सुरु हुन लागेको यो समयमा न्याना कपडाको बिक्री हुने गर्दछ ।

व्यवसयीहरुका अनुसार दशैंमा करिब १० अर्ब रुपैयाँबराबरको लत्तकपडामात्र किनबेच हुन्छ, भने त्यसबाहेक पनि माछा मासु एवं पेय पदार्थमा राम्रै खर्च हुने व्यवसायीहरुको भनाई छ ।
साथै, दसैंमा खाद्य, माछामासुको पनि करोडौंको कारोबार हुन्छ । राजधानीमा मात्र हरेक वर्ष दसैमा ४० हजार खसिबोका खपत हुने तथ्यांक छ ।

यसरी वर्षमा एकपटक नयाँ लुगा सिलाउने, मज्जाले मासु भात खाने, रमाइलो गर्ने र नातागोतालाई न्यानो अतित्थ्य प्रदान गर्ने चाड भएकोले पनि खर्च बढ्ने गरेको हो ।

त्यसैले अर्थविद्हरुका अनुसार दसैंले अर्थतन्त्रलाई पुनर्जीवन दिन्छ । करिब ५ लाख कर्मचारीका लागि ४ अर्ब रुपैयाँ भन्दाबढी रकम दसैै खर्चबापत दिइने गरेको अर्थमन्त्रालयको तथ्यांक रहेको अर्थविद्हरु बताउँछन् ।

यसबाहेक निजी क्षृेत्रका संघसंस्था जस्तै, बैंक तथा वित्तिय संस्थामा कर्मचारी एवं अन्यले पनि दसै खर्च बापत राम्रै रकम पाउने हुनाले पनि यो समयमा खर्च हुने समय हो ।

नेपाल राष्ट्रबैंकले प्रत्येक वर्ष दसैका लागि नयाँ नोट तथा सफा नोट बाड्दै आएको छ । यस्तै, पछिल्ला वर्षहरुमा बजारमा चहलपहल बढ्ने प्रमुख कारण दसैको समयमा विदेशबाट प्राप्त हुने रेमिट्यान्स भएको अर्थविद् प्रा. डा गोविन्द नेपाल बताउँछन् ।

‘दशैंको विदाको अवसर पारेर परिवार सहित घुम्न जाने प्रचलन बढेकोले झनै अर्थतन्त्र चलायनमान हुने गरेको छ,’ नेपालले भने ।

राष्ट्र बैंकको तथ्यांक हेर्ने हो भने औषतमा दसैताका करिब १५-१६ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिन्छ । यसबाहेक भारतमा काम गर्न गएका नेपालीले दशै विदामा खर्च बोकेर फर्कन्छन् । यस्तै, दशैंको अवसर भनेको यातायात व्यवसायीका लागि कमाईको प्रमुख समय हो ।

अर्थविदुहरुका अनुसार अतिरिक्त अया र वर्षभरीको आयबाट सञ्चित धन उपभोगका लागि खर्च गरिने दसैं अघिका दुई-तीन हप्ताको अवधिमा मात्र वर्ष भरिको कुल राष्ट्रिय उपभोगको २० प्रतिशत जति उपभोग हुन्छ भन्ने अनुमान रहेको छ ।

२०४६ सालपछिको आर्थिक उदारीकरणले मध्यवर्गीय तथा उच्च माध्यमवर्गीय परिवारको संख्या बढाउँदै लगेको छ । यसकार पनि दसैंमा प्रत्येक वर्ष खर्च बढ्दै गइरहेको पाइन्छ ।

त्यसमाथि रेमिट्यान्सका कारण पनि उपभोगको संस्कृति मौलाएकाले दसैं मनाउने शैलीमा मात्र होइन प्रायः सवैजसो चाड मनाउने शैली र खर्चको प्रवित्तिमा आमूल परिवर्तन आएको छ ।

यसरी खर्च गर्ने शैलीमा आएको परिवर्तनले बजार अर्थतन्त्रलाई झन् चलायनमान बनाएको छ । बजारमा करिब ५० अर्बको चलखेल हुने चाड भएकोले पनि दसैंको अर्थतन्त्र वास्तवमा नै बृहत रहेको अर्थविद्हरुको भनाई छ ।

समान्य मानिसले खर्च गर्दा व्यापारीका लागि यो समय एक किसिमले वर्षभरिलाई पुग्ने गरी नाफा कमाउने समय पनि भएको छ । दसैंमा मात्र अन्य १ महिना बराबर हुने उनीहरुको तर्क छ ।

छुट तथा विभिन्न, आर्कषक योजनाका कारण पनि यसबेला बजारमा रौनक बढ्ने व्यापारीको भनाई छ । अर्थविद्को भनाईमा दसैं अर्थतन्त्रको उल्लेख्य विशेषता शहरबाट गाँउमा आय वितरण हो ।

दशैंको बेलामा एकपटक भएपनि रोजागारी तथा व्यवसाय गरेको शहर वा विदेशबाट दसैंका लागि फिरेकाहरुसंग गोजीमा पैसा र पैसा खर्च गर्ने फुर्सद हुने हुदाँ गाँऊको आर्थिक गतिविधि बढ्ने गरेको छ ।


पुष्प दुलाल