८४ घण्टा बोलेर विश्व कीर्तिमान तोड्दै नेपाली



काठमाडौं । लगातार ८४ घण्टा बोलेर विश्व किर्तिमान राख्न एक नेपाली कस्सिएका छन् ।

काठमाडौंका अनन्तराम केसीले लायन्स क्लब अफ काठमाडौं बिहानीको आयोजनामा यही असोज १९ गतेदेखि लगातार ८४ घण्टासम्म मोेटिभेसनल स्पीच गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा किर्तिमान कायम गर्ने भएका हुन् ।

कार्यक्रम लायन्स क्लब अफ इन्टरनेसनल ३२५ बी १ को सहयोगमा आयोजना हुँदैछ ।

विश्व किर्तिमान राख्ने कार्यक्रम असोज १९ गते बिहान ५ गतेबाट शुरू भएर २२ गते सम्पन्न हुने आयोजकले जनाएको छ । कार्यक्रम मित्रपार्कस्थित टेक्सास इन्टरनेसनल कलेजको सभाहलमा आयोजना हुँदैछ ।

अनन्तराम लामो अवधिसम्म भाषणा गरेर किर्तिमान आफ्नो नाममा लेखाउने कसरतमा लागेका हुन् । यसअघि यो किर्तिमान भारतका अश्विन सुडैनको नाममा छ । उनले ७५ घण्टा ३२ मिनेट भाषण गरेर किर्तिमान राखेका थिए ।

भाषणमा विभिन्न ७७ विषय सामेल हुने केसीले बताएका छन् । त्यसमा लायन्सको सेवा, जिवनफ दर्शन, साधना, मेमोरीलगाएत विषय हुनेछन् । उनले आफूले यसकार्यका लागि धेरै तयारी गरेको जानकारी दिए । फिडेल क्यास्ट्रोले राखेको रेकर्ड आज आफूसम्म आइपुगेकोमा उनले खुसी पनि व्यक्त गरे ।

यसबारे जानकारी दिन आयोजनामा गरिएको कार्यक्रममा बोल्दै लायन्समा डिस्ट्रिक्ट गभर्नर धनराज आचार्यले लायन्स स्थापनाको शताब्दीका अवसरमा आयोजनाले विश्वमा नेपालीको छुट्टै पहितान बनाउने आँट गरेकोमा खुसी व्यक्त गरे ।


क्लिकमान्डु