वडा अध्यक्ष जुवा खेल्दै गर्दा रङेहात प्रक्राउ



इनरुवा । सुनसरीे काशी गाउँपालिका–८ का वडाध्यक्षसहित १२ जना जुवाडेलाई आज यहाँ सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुलाई सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएका सबै जनालाई प्रहरीले तीन दिनअगाडि सुनसरीे काशी गाउँपालिका–८ भण्टाबारी क्षेत्रबाट पक्राउ गरेका थिए ।

पक्राउ पर्नेमा वडाध्यक्ष यादवसहित इनरुवाका चन्द्र पोखरेल, बद्री स्वर्णकार, विनोद अटल, शम्भुकुमार साह र महेन्द्र यादव छन् । त्यस्तै भोक्राहाका कुन्दन कौशिक साह, नन्दकिशोर मेहता, महेन्द्र यादव, सङ्खुवासभाका विनोद ओझा र भारत पटनाका रामअयोध्या शर्मा छन ।

पक्राउ परेका स्थानबाट प्रहरीले जुवा खालसहित ४ लाख २२ हजार १३५ नेपाली रुपैयाँ र ९२ हजार ३८० भारतीय रुपैयाँ बरामद गरेको थियो ।

प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले उनीहरुलाई आइतबार राति पक्राउ गरेको सुनसरीका प्रहरी उपरीक्षक विद्यानन्द माझीले जानकारी दिए । पक्राउ परेकालाई जुवा ऐनअन्तर्गत मुद्दा चलाइएको उनले बताए ।


क्लिकमान्डु