ग्लोबल स्मार्ट मोवाईल बैंकिङ्ग सेवामार्फत बिजुलीको बिल तिर्न सकिने



काठमाडौं । ग्लोबल आइएमई बैंकले बैंकको बिजुलीको बिल ग्लोबल स्मार्ट मोवाइल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्न सकिने व्यवस्था मिलाएको छ ।

बिजुलीको बिल तिर्न लामो समय लाईन बस्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै बैंकले यो सेवा सुचारु गरेको बैंकले जनाएको छ । जसअन्तर्गत ग्लोबल आइएमई बैंकमा खाता रहेका ग्राहकमहानुभावहरु तथा नयाँ खाता खोल्ने ग्राहकहरुले ग्लोबल स्मार्ट मोवाईल बैंकिङ्ग सेवामार्फत घरै बसीबसी नेपाल बिद्युत प्राधिकरणको बिल तिर्न सक्नेछन् ।

यो सेवा उपभोग गर्नका लागि स्मार्ट मोवाईलमा ग्लोबल स्मार्ट एप डाउनलोड गरि त्यसमा रहेको पेइमेन्ट अप्सनमा गई एनइए पेइमेन्टमा दिइएको निर्देशन अनुसार सजिल्यैसंग जुनसुकै समयमापनि बिल तिर्न सकिने छ ।


क्लिकमान्डु