नेपाल बङ्गलादेश बैंकले खोल्यो एकै पटक ३ शाखा 



काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले एकै पटक ३ नयाँ शाखा बिस्तार गरेको छ । बैकले यी तीन शाखा संगै आफ्नो शाखा संख्या ५० पुर्याएको छ ।

बैंकले नवलपरासीको देवचुली नगरपालिको वडा नं १३ दलदले, सुनसरीको ईटहरी उपमहानगरपालिका, वडा नं १ ईटहरी बजार र छथर गाँउपालिका वडा नं ६ सिन्धुवा बजारमा शाखाहरु सञ्चालनमा ल्याएको हो ।

शाखाहरुको उत्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना, बैंकका संचालकहरु र नेपाल राष्ट्र बैंकको डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीले गरेका थिए ।

यी ३ थप शाखाहरु सहित बैंकले ५० शाखा, ५ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बैंकिङ सेवा तथा ४७ वटा एटिएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको बैकले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।


क्लिकमान्डु