पोहोरभन्दा खसी ५ रुपैयाँ, बोका १० रुपैयाँ र च्याङ्ग्रा २५ रुपैयाँ महंगियो



काठमाडौं । नेपाल खाद्य संस्थानले आज (घटस्थापनको दिन) बाट काठमाडौंमा खसी–बोका र च्याङ्ग्रा विक्री वितरण सुरु गरेको छ । संस्थानले काठमाडौं उपत्यकामा मात्रै ३ हजार ५ सय खसी बोका र च्याङ्ग्रा विक्री गर्न लागेको छ ।

दशैँका लागि काठमाडौंलाई लक्षित गरेर ३ हजार ५ सय खसी–बोका र च्याङ्ग्रा भित्र्र्याउन लागिएकोमा घटस्थापनाको दिनसम्म २ सय ३ खसी–बोका र ५ सय च्याङ्ग्रा ल्याइएको संस्थानका बागमती अञ्चल प्रमुख भेषनाथ न्यौपानेले जानकारी दिए ।

संस्थानले खसी–बोका र च्याङ्ग्राको मूल्यमा प्रतिकेजी १० रुपैयाँ छुट दिने व्यवस्था मिलाएको छ । संस्थानले खसीको मूल्य प्रतिकेजी ४ सय ६५ रुपैयाँ तोकेको छ । यस्तो मूल्यमा प्रतिकेजी १० छुट दिएर विक्री गरिरहिएको छ । अब सर्बसाधारणले छुट सहित संख्यानका खसी किनदा प्रतिकेजी ४ सय ५५ रुपैयाँ तिर्नु पर्ने हुन्छ ।

यो वर्ष च्याङ्ग्राको मूल्यमा सबैभन्दा बढी बृद्धी भएको छ । अघिल्लो वर्ष च्याङ्ग्राको मूल्य प्रति के.जी ६ सय ५० रुपैयाँ रहेको थियो । यो वर्ष च्याङ्ग्रा प्रतिकेजी ६ सय ७५ रुपैयाँ निर्धारण गरिएको छ ।

यस्तै संस्थानले बोका प्रतिकेजी ४ सय ६० रुपैयाँमा बिक्री गरिरहेको छ । बोका खरिदमा पनि प्रतिकेजी १० रुपैयाँ छुट दिइएकोले संस्थानका बोका खरिद गर्नेले प्रतिकेजी ४ सय ५० रुपैयाँमा किन्न पाउने छन् ।

संस्थानले च्याङ्ग्रा बिक्रीमा पनि प्रतिकेजी १० रुपैयाँ छुट दिएको छ । च्याङ्ग्राको मूल्य प्रतिकेजी ६ सय ८५ रुपैयाँ तोकिएको छ । यस्तो मूल्यमा प्रतिकेजी १० रुपैयाँ छुट पाउँदा सर्बसाधारणले प्रतिकेजी ६ सय ७५ रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

संस्थानले विक्री गर्ने खसी बोका र च्याङ्ग्राले काठमाडौं उपत्यकाको माग धान्न नसक्ने भएपनि बजार भाउ नियन्त्रण गर्न र सन्तुलन कायम राख्न आफूले पनि बजारमा उपस्थिति जनाएको संस्थानले बताउने गरेको छ । संस्थानले ल्याएका खसी–बोका र च्याङ्ग्रा काठमाडौं स्थित थापाथलीबाट मात्र विक्री गर्ने गरिएको छ ।

आजबाट सुरु भएको खसी–बोका र च्याङ्ग्रा विक्री वितरण कार्य फुलपातीको अघिल्लो दिनसम्म सञ्चालन हुने छ ।

संस्थानले काठमाडौंको मागको करिब १० प्रतिशत मात्र बिक्रीवितरण गर्दै आएको छ । संस्थानले दाङ, हेटौडा र मुस्ताङका विभिन्न ठाउँबाट खसीबोका र च्याङ्ग्रा किनेर काठमाडौंमा ल्याइ विक्री गर्ने गरेको छ ।

संस्थानका अञ्चल प्रमुख न्यौपानेले यो वर्ष तोकिएको खसीबोका र च्याङ्ग्राको मूल्य अघिल्लो वर्षभन्दा केही बढेको बताएका छन् । अघिल्लो वर्ष खसीको मूल्य प्रतिकेजी ४ सय ५० रुपैयाँ थियो । यो वर्ष खसीमा ५ रुपैयाँ मूल्य वृद्धी भएको हो । यस्तै बोकाको मूल्य अघिल्लो वर्ष प्रतिकेजी ४ सय ४० रुपैयाँ रहेको थियो । यो वर्ष बोकाको मूल्यमा १० रुपैयाँ वृद्धी भएको छ ।

यसैगरी यो वर्ष च्याङ्ग्राको मूल्यमा सबैभन्दा बढी बृद्धी भएको छ । अघिल्लो वर्ष च्याङ्ग्राको मूल्य प्रति के.जी ६ सय ५० रुपैयाँ रहेको थियो । यो वर्ष च्याङ्ग्रा प्रतिकेजी ६ सय ७५ रुपैयाँ निर्धारण गरिएको छ । थुप्रै अवरोधका बावजुद पनि तोकिएकै समयमा मुस्ताङबाट च्याङ्ग्रा ल्याउन सकिएको अञ्चल प्रमुख न्यौपानेले बताए ।

दशैंमा काठमाडौं उपत्यकामा करिब ५० हजार खसी, बोका र च्याङ्ग्राको माग हुने गरेको छ ।


क्लिकमान्डु