‘अभियानलाई स्वाभाविक रुपमा अघि बढाउने चुनौति छ’



काठमाडौं । ‘नेपालीका लागि नेपाली’ भन्ने मुल मन्त्रका साथ विगत १४ वर्षदेखि समृद्ध नेपालको सपना साकार पार्न लागिपरेको गैरआवासीय नेपाली संघको अभियानमा म शुरुका दिनदेखि नै सकृयतापूर्वक संलग्न हँुदै आइरहेको कुरा यहाँहरुमा अवगत नै छ ।

विदेशमा रहेका हामी नेपालीमूलका तथा नेपाली नागरिकहरुलाई आफूले आर्जन गरेको ज्ञान, सिप र पूँजीलाई मातृभूमिको विकासका लागि अधिकतम उपयोग गर्ने पूनित उद्देश्यका साथ एउटा साझा संगठनमा गोलबन्द गर्ने यो अभियानमा मैले जापानबाट स्थापनाकालदेखि नै सक्रिय भूमिका निभाउँदै आइरहेको छु ।

गैरआवासीय नेपाली संघ जापानको स्थापनाकालको र दोस्रो कार्यकालको कार्यसमिति सदस्य, त्यसपछि राष्ट्रिय समन्वय परिषद्को अध्यक्षको अनुभव लिएर अन्तर्राष्ट्रिय समन्वय परिषद्मा कोषाध्यक्ष हुदैँ लगातार दोस्रो पटक उपाध्यक्षको महत्वपूर्ण जिम्मेवारीमा छु । मेरो यही निरन्तरता र जिम्मेवारी बोधले मलाई सिंगो गैरआवासीय अभियानको नेतृत्व लिन अभिप्रेरित गरिरहेको छ । मेरा अग्रजहरु, सहयात्रीहरु र यस अभियानमा आइरहनुभएका नयाँ मित्रहरु सबैको अभिप्रेरणाले पनि मलाई थप उत्साहित बनाइरहेको छ ।

मैले सुरुदेखि नै सबै गैरआवासीय नेपालीसाथीहरुको सक्रिय सहयोग र सद्भाव पाउदै आएकाले अहिलेसम्मका पदीय जिम्मेवारीहरु प्ुरा गर्दै आएको छु र अब आउने गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय महाधिवेशनमा पनि सबै एन आर एन साथीहरुबाट थप उत्साहका साथ सहयोग र सद्भावको अपेक्षा गर्दछु । संस्थाको जिम्मेवारीमा स्वाभाविक रुपमा खुड्किला उक्लदै अगाडि बढेको अनुभव र यो अभियानमा आफ्नो तर्फबाट सक्दो योगदान गरिरहेको अवस्थामा अझ बढि जिम्मेवारी सम्हाल्न मलाई सबैको सहयोग रहने विश्वास गरेको छु ।

गैरआवासीय अभियान अहिले विश्वका ७७ राष्ट्रहरुमा संगठित भैसकेको छ । हाम्रो यो संजाल जति बढिरहेको छ त्यति नै हामी नेतृत्ववर्ग लगायत सबै अभियन्ताहरु उत्तिकै जिम्मेवार हुँदै परिवर्तित परिस्थिति अनुसार अगाडि बढ्न आवश्यक छ । म स्थापना कालदेखि आजसम्म यही अभियानमा निरन्तर सक्रिय भैरहेको कारणले पनि संस्थापकहरुको भावनादेखि वर्तमान नेतृत्वको आगामी सोचसम्मलाई नजिकबाट अनुभव गरिरहेको छु । त्यसकारण पनि यो अभियानलाई स्वाभाविक रुपमा अघि बढाउने चुनौतिलाई मैले सहजतापूर्वक स्वीकार गरेको छु ।

गैरआवासीय नेपाली संघले अहिले सम्म लिएका निर्णयहरु र पूरा हुन बाँकी कार्यहरु जस्तै लाप्राक नमूना बस्ती, एन आर एन भवन निर्माण, भिजन ट्वान्टी–ट्वान्टी एन्ड वियोन्ड, सामुहिक लगानीका परियोजना निर्माण, अतिथि देवो भवः, वैदेशिक रोजगारकोषको विस्तार, क्प्क्ष् कमिटी मार्फत नेपालको वौद्घिक पलायन रोकी बाहिरिएकालाई नेपाल फर्काउन व्यापक पहल गरिने जस्ता कार्यक्रमहरुलाई पूर्ण रुपमा निरन्तरता दिंदै अघि बढ्ने कुरा यस अवसरमा अवगत गराउन चाहन्छु ।

साथै, मेरो कार्यकालका लागि केही नयाँ एजेन्डाहरु पनि तयार गरेको छु । जस्तै वैदेसिक रोजगारी आपत्कालिन कोषलाई सदुपयोग गरि गैर आवासीय नेपाली संघमा आवद्ध वैदेसिक रोजगारीमा रहेका नेपालीहरुको वीमा गरिनेछ, महिला फोरमलाई शसक्त बनाइने छ, स्टार्टअप फन्डको ब्यवस्था गरिनेछ, स्मार्ट एनआरएन बनाइने छ, हरेक एनसिसिका एक विशेष परियोजनाको परिकल्पना गरिएको छ, सामाजिक उद्यमशीलतालाई प्रबद्र्धन गरि महिला तथा युवाको सहभागिता बृद्धि गरिने कार्यक्रम रहने छ ।

गैर आवासीय नेपाली संघमा आवद्ध वैदेसिक रोजगारीमा रहेका नेपालीहरुको वीमा गरिनेछ, महिला फोरमलाई शसक्त बनाइने छ, स्टार्टअप फन्डको ब्यवस्था गरिनेछ, स्मार्ट एनआरएन बनाइने छ, हरेक एनसिसिका एक विशेष परियोजनाको परिकल्पना गरिएको छ, सामाजिक उद्यमशीलतालाई प्रबद्र्धन गरि महिला तथा युवाको सहभागिता बृद्धि गरिने कार्यक्रम रहने छ।

भर्खरै गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषद्हरुले नयाँ नेतृत्व पाएको छन् । मैले यस अभियानमा स्थापनाकालदेखि सक्रियतापूवक खटिइरहनुभएका र यस अभियानमा नयाँ उमंगका साथ जोडिनुभएका सम्पूर्ण साथीहरुसँगको सहकार्यललाई अघि बढाउँदै आगामी कार्यकाल (२०१७–१९) का लागि विस्तृत एजेन्डाहरु तयार पारेर छिट्टै सार्वजनिक गर्ने प्रतिवद्धता प्रकट गर्दछु ।

आज एन आर एन अभियानले जुन उचाई प्राप्त गरेको छ, त्यो तपाई पत्रकारहरु साथीहरुको सकारात्मक र सक्रिय सहयोग विना सम्भव हुने थिएन । त्यस निम्ति पनि म तपाईहरु प्रति धेरै आभारी छु । साथै मेरो आगामी कार्यकालमा यहाँहरुको सहयोग विगतमा भन्दा अझ बढी पाउने अपेक्षा गर्दछु ।


क्लिकमान्डु