नेपाल इन्भेष्टमेन्ट घटनापछि नेप्सेले लाभांश घोषणामा यस्तो गर्यो व्यवस्था



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांशको घोषणामा भएको गल्तीपछि स्टक एक्सचेन्जले लाभांश घोषणामा नयाँ व्यवस्था गरेको छ ।

सर्वसाधारण लगानीकर्ता अन्यौलमा परेपछि स्टक एक्सचेन्जले लाभांशको सूचना दिदा अंकमा तथा अक्षरमा पूर्ण विवरण उल्लेख गर्न सूचिकृत कम्पनीलाई निर्देशन दिएको छ ।

इन्भेष्टमेन्टले गतसाता १५ प्रतिशत बोनस र २५ प्रतिशत नगद लाभांश घोषणाको सूचना दिनुपर्नेमा २५ प्रतिशत बोनस र १५ प्रतिशत नगद लाभांशको घोषणा सार्वजनिक भएको थियो ।

धितोपत्र बोर्डले गतसाता बुधवारको सेयर कारोबार रद्ध गर्न भनेको छ । यस्तै सो घटनापछि नेप्से र इन्भेष्टमेन्ट बैंकलाई स्पष्टिकरण सोधेको छ ।


क्लिकमान्डु