गोलाप्रथा गरेर बाँडियो नेपाल हाइड्रोको सेयर



काठमाडौं । नेपाल हाइड्रो डेभलपरको आइपिओ गोलाप्रथाबाट बाँडफाँट गरिएको छ ।

गोलाप्रथाबाट ३६ हजार २७० आवेदकले १० कित्ता सेयर पाएका छन् । आइपिओमा १ लाख ७१ हजार ५९२ जनाको आवेदन परेको थियो ।

१ हजार ९०९ को आवेदन रद्द भएको थियो ।

कम्पनीले गत साउन २७ देखि ३२ सम्म ३ लाख ९० हजार कित्ता आइपिओ निष्कासन गरेको थियो ।


क्लिकमान्डु