पोखरा फाइनान्सको एफपिओ बाँडफाँड, सबैले पाए सेयर



काठमाडौं । पोखरा फाइनान्सको एफपिओ बाँडफाँड भएको छ । लगानीर्काले न्यूनतम १० देखि ३० कित्ता सम्म सेयर पाएका छन् ।

१० कित्ता सेयर १४ हजार ९६८ जनाले पाएका छन् । यस्तै २० कित्ता ११ हजार ७ सय ४३ ३० कित्ता सेयर १९ हजार ९ सय ७० जनाले पाएका छन् । दुईजना लगानीकर्ताले २१ कित्ता सेयर पाएका छन् ।

पोखरा फाइनान्सले गत साउन २९ देखि भदौ १ गतेसम्म फेस भ्यालु १०० रुपैयाँमा १२० रुपैयाँ प्रिमियम भाउ थप गरी प्रतिकित्ता २२० रुपैयाका दरले ९ लाख ८३ हजार ६८१ कित्ता एफपीओ बिक्री खुला गरेको थियो ।


क्लिकमान्डु