२१ अंकले घटेर १५०२ मा आयो नेप्से परिसूचक



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक २१.०६ अंकले घटेको छ । मंगलबार नेप्से परिसूचक १५०२.२० बिन्दुमा झरेको छ ।

सूचिकृत कम्पनीले लाभांश घोषणा गरेपनि नेप्से परिसूचकमा हरियाली छाउन सकेको छैन । परिसूचक निरन्तर ओरालो लागिरहेको छ ।

मंगलबार अन्य समुह बाहेक सबै समुहको परिसूचक ओरालो लागेको छ ।

आकर्षक लाभांश घोषणा गरेका कम्पनीको पनि सेयर मुल्य बढ्न सकेको छैन ।

नेप्सेमा मंगलबार ५६ करोड रुपैयाँको कारोबार भएको छ । १५३ कम्पनीको १० लाख कित्ता सेयर किनबेच भएको छ ।

मंगलबार सबैभन्दा बढी नेपाल लाइफको ३ करोड ५२ लाख रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै नबिलको १ करोड ९२ लाख तथा सानिमाको १ करोड ८८ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

मंगलबार सबैभन्दा कमाउने सेयरधनीमा युनाइटेड फाइनान्सका लगानीकर्ता छन् । १९ प्रतिशत बोनस सेयर रणनीति साझेदारको रुपमा भारतको मुटहुट फाइनान्स ल्याउने घोषणा गरेको युनाइटेडको सेयर २४ रुपैयाँ ९.६८ प्रतिशतले बढेको छ ।

यस्तै सबैभन्दा बढी गुमाउने सेयरधनीमा कामना सेवा विकास बैंकका सेयरधनी छन् ।

कामना सेवा विकास बैंकका सेयरधनीले प्रतिकित्ता २४ रुपैयाँ ९ प्रतिशतको दरले गुमाएका छन् ।


क्लिकमान्डु