युनाइटेड फाइनान्समा २१ करोड रुपैयाँ लगानी गरेर भारत मुटहुट फाइनान्स प्रवेश गर्दै



काठमाडौं । युनाइटेड फाइनान्समा भारतको मुटहुट फाइनान्स २० प्रतिशत सेयर लिएर रणनीतिक साझेदारको रुपमा आउने भएको छ ।

युनाइटेड फाइनान्सको संचालक समितिको बैठकले मुटहुटलाई रणनीति साझेदारको रुपमा भित्राउने भएको छ ।

भारतको कोची प्रदेशमा रहेको मुटहुट फाइनान्स फाइनान्समा अग्रणी मानिन्छ ।

युनाइटेड फाइनान्सले मुटहुटलाई रणनीति साझेदार भित्राउनको लागि सम्झौता गर्ने निर्णय गरेको छ ।

मुटहुटले युनाइटेडमा २१ लाख कित्ता सेयर लिने फाइनान्सले जनाएको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनमा विदेशी बैंक तथा वित्तीय संस्थामा न्यूनतम २० प्रतिशत सेयर लगानी गर्न पाउने व्यवस्था छ ।

युनाइटेड फाइनान्समा चौधरी ग्रुप र बिण्णु अग्रवाल समुहको लगानी रहेको छ ।

युनाइटेड फाइनान्सले सेयरधनीलाई १९ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । बोनस सेयरमा लाग्ने कर भने सेयरधनी आफैले दिनुपर्ने छ ।

१९ प्रतिशत बोनस सेयर दिएपछि बैंकको चुक्ता पुँजी ८० करोडभन्दा बढी हुने छ । राष्ट्रिय स्तरको फाइनान्स कम्पनीलाई न्यूनतम ८० करोड चुक्ता पुँजी पुर्याउनुपर्ने हुन्छ ।


क्लिकमान्डु