सित्तैमा इन्टरनेट, टिभीसँगै कार वर्डलिंकको उपहार योजना



काठमाडौं । इन्टरनेट सेवा प्रदायक वर्डलिंकले दशैं तथा तिहारको उपलक्ष्यमा फोर्डको एस्पायर कार दिने योजना ल्याएको छ । वर्डलिंकले ’ए हजुर कता ! इस्क्राच गरौँ यता’ भन्ने अफर अन्तरगत कार जित्ने योजना ल्याएको हो ।

अफर अन्र्तगत ग्राहकहरुले लक्की ड्र मा हरेक हप्ता १२ वटा ४३ इन्चको सामसुङ फोर के टिभी र बम्पर पुरस्कार स्वरुप एउटा फोर्डको एस्पायर कार जित्न सक्ने कम्पनीले जनाएको छ ।

त्यस्तै, सियोरसट अफरमा हरेक ग्राहकले ३ महिनाको अग्रिम भुक्तानी गर्दा १२ महिनासम्मको निशुल्क इन्टरनेट सेवा अथवा एक हजार रुपैयाँ नगद फिर्ताका साथै १२ महिनाको अग्रिम भुक्तानी गर्दा १२ महिनासम्मको निशुल्क इन्टरनेट सेवा अथवा २ हजार रुपैयाँ नगद फिर्ता फिर्ता पाउने छन् ।

यी अफरहरु भाद्र २७ बाट सुरु भई मंसिर २७ सम्म रहने छ । अफर अवधिभर ग्राहकहरुले भुक्तानी गर्दा एउटा कार्ड इस्क्राच गरी तोकिए बमोजिमका अफरहरु पाउन सक्ने कम्पनीले जनाएको छ ।


पुष्प दुलाल