१०० रुपैयाँमा भर्न पाइने ग्रामीण विकास बैंकको एफपिओ खुल्यो



काठमाडौं । नेपाल ग्रामीण विकास बैंकको थप सार्वजनिक निष्कासन(एफपिओ) खुलेको छ ।

बैंकले ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ कित्ता एफपिओ बिक्री गर्न लागेको हो ।

अन्य संस्थाले प्रिमियम मुल्यमा एफपिओ बिक्री गर्ने भएपनि ग्रामीण विकास बैंकको वित्तीय अवस्था राम्रो नभएको हुँदा १०० रुपैयाँमा एफपिओ बिक्री गर्न लागेको हो ।

एफपिओ बिक्रीको बिक्री प्रवन्धकमा प्रभु क्यापिटल रहेको छ । एफपिओ आस्वा सदस्य लिएका बैंक तथा वित्तीय संस्थाबाट भर्न सकिन्छ । यसका साथै प्रभु क्यापिटल र ग्रामीण विकास बैंकबाट भर्न सकिने छ ।

एफपिओ बिक्री खुल्ला भदौ ३० र ढिलोमा असोज १० गतेसम्म रहेको छ ।

एफपिओमा न्यूनतम ५० कित्तादेखि अधिकतम ४ हजार ८७० कित्तासम्म आवेदन दिन सकिनेछ । अहिले ग्रामीण विकास बैंकको चुक्ता पुँजी ५५ करोड ७५ लाख रुपैयाँ छ ।

एफपीओ बिक्रीपछि बैंकको चुक्ता पुँजी ६५ करोड ५० लाख रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षको चौथो त्रैमासमा बैंकले १६ करोड १४ लाख ३२ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।


क्लिकमान्डु