नबिलले शुरु गर्यो इलेक्ट्रोनिक्स पेमेन्ट गेटवे सेवा



काठमाडौं। नबिल बैंकले इलेक्ट्रोनिक्स पेमेन्ट गेटवे सेवा शुरु गरेको छ । अनलाइनबाट भुक्तानी गर्नका लागि उपयुक्त हुने सो सेवा शुक्रबार एक कार्यक्रमकाबिच नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरन्जिवी नेपालले शुभारम्भ गरे ।

गर्भनर नेपालले एक दशक अगाडि नै राष्ट्र बैंकले मोबाइल पेमेन्ट सेवा शुरु गरेपछि त्यसको उपयोगीता नभएको भन्दै सेवालाई सबैले स्विकार गर्न सक्ने किसिमको हुनुपर्ने बताए ।

‘वित्तिय प्रविधि फिनटेकले आर्थिक वृद्धिलाई बढाउँछ तर त्यसले अनौपचारिक सेक्टर वृद्धि हुन्छ की भन्ने चिन्ता बढेको छ,’ गर्भनर नेपालले भने ।

बैंकले सेवा शुरु गरेर मात्र नहुने भन्दै उनले त्यसलाई समाजले स्विकार पनि गर्नुपर्ने बताए ।

कार्यक्रममा नेपाल दूरसंचार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले प्राधिकरण देशैभर ब्रोडब्याण्ड पुर्याउन लागेको भन्दै यसले आगामी दिनमा डिजिटल भुक्तानीलाई सजिलो बनाउने बताए ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व अध्यक्ष डा. शंकर शर्माले विश्वभर डिजिटल पेमेन्टको प्रचलन बढिरहेको भन्दै इलेक्ट्रोनिक पेमेन्टले सबै विषयलाई सजिलो बनाउने बताए ।

नबिल बैंकले शुरु गरेको सो सेवामार्फत विभिन्न ब्राण्डका डेबिट, क्रेडिट कार्डहरुमार्फत भुक्तानी गर्न सकिन्छ । सो सेवा नेपालभर अनलाइनमार्फत खरिद गर्न वा भुक्तानी गर्न उपयुक्त हुने बैंकको भनाई छ ।


क्लिकमान्डु