२ बर्ष पछि पुननिर्माण सुरु भयो बुढानिलकण्ठ मन्दिरको




काठमान्डौ । भूकम्पले ध्वस्त पारेको सास्कृतिक सम्पदा बुढानिलकण्ठ मन्दिर २ बर्षपछि पुननिर्माण सुरु भएको छ । बूढानीलकण्ठ मन्दिरमा गत असारबाट पुर्ननिर्माण थालिएको हो ।

मन्दिरको दक्षिण दिशामा रहेको मठादेस भवन २०७२ सालको भूइचालोले चर्किएको थियो । नगरपालिकाको आर्थिक सहयोगमा असार मसान्तमै भत्काउने कार्य सकिएको हो । पुननिर्माणमा पहिलाको संरचना केही हदसम्म परिवर्तन गर्न मिले पनि मठादेस पुरानै शैलीमा निमार्ण हुनेछ ।

‘शैलीको बारेमा पुरातत्वले नै निर्देशन दिने हो, पुरातत्वको निर्देशन अनुसार नै पुननिर्माणको काम भइरहेको छ ’बूढानीलकण्ठका स्वामी निगमानन्दले भने ।

भूइचालो पश्चात भवन पूर्ण रुपमा नभत्किएको भएपनि बस्न योग्य अबस्था थिएन ।

भवन बनाउन कति समय लाग्छ भनेर ठ्याक्कै एकिन गर्न नसकिने अवस्था रहेको छ । सरकारी पक्षसंग आवश्यक पहल गरेको भए पनि जागरुपता भने पाइएको छैन । मन्दिर पुनर्निमाण सम्पन्न गर्न आर्थिक अभाव नै मुख्य रहेको मन्दिर प्रशासनको भनाइ छ । मन्दिर पुननिर्माणको नक्सा समेत तयारी अवस्थामा रहेको छ ।

मन्दिर नजिकै रहेको भवन अस्तव्यस्थ अवस्थामा रहँदा यसले मन्दिर परिसरकै शोभामा धक्का पुर्याएको छ । विश्वमै चर्चित बूढानीलकण्ठ मन्दिर दैनिक हजारौँ भक्तजन तथा आगन्तुकहरु आउने गर्छन् ।

भवन भत्काउन मात्रै ४ लाख खर्च भइसकेको छ । पुर्ननिमार्णको लागि २० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । प्रसिक्षार्थी


क्लिकमान्डु