विद्यासुन्दर र चिरिबाबुलाई नुवाकोटबासीले दिए फोहोरको उपहार (फोटोफिचर)



काठमाडौं । जननिर्वाचित प्रतिनिधि आइसकेपछि स्वच्छ वातावरणमा बस्न पाउने काठमाडौं उपत्यकाबासीको आशामा तुसारापात भएको छ । खासगरी काठमाडौं र ललितपुर महानगरबासी यतिबेला फोहोरको दुर्घन्धको शिकारमा परेका छन् ।

उसै त फोहोर हुने यी दुई महानगरभित्र २ हप्तादेखि फोहोर उठ्न सकेको छैन । फोहोरको दुर्गन्धका कारण सर्वसाधारण मुख छोपेर हिँड्न बाध्य छन् ।

काठमाडौं उपत्यकाको फोहोर फाल्ने ठाउँ नुवाकोटको सिस्डोलका स्थानीय बासिन्दा फोहोर फाल्न नदिने भन्दै आन्दोलनमा उत्रिएपछि उपत्यका दुर्गन्धित भएको हो ।

महानगरबासीलाई समस्याको समाधान नभएसम्म घरबाट बाहिर फोहोर नफाल्न दुबै महानगरले अनुरोध गरेका छन् ।

महानगरका मेयर बिद्यासुन्दर शाक्य र चिरिबाबु महर्जनलगायतका जनप्रतिनिधिले नै गृहमन्त्री जनार्दन शर्मालाई भेटेर समस्याको समाधान गरिदिन पटकपटक आग्रह गरे पनि अहिलेसम्म समाधान निस्किएको छैन ।


पुष्प दुलाल