काठमाडौंका पसलमा २९ हजारदेखि साढे ३ लाख मूल्यका ल्यापटप, कुन किन्ने ?



काठमाडौं । पछिल्ला वर्षहरुमा ल्यापटप अत्यावश्यक बन्दै गएको छ । ल्यापटप भएको खण्डमा घरमै बसेर अपिसको काम गर्न मात्रै सकिँदैन इन्टरनेटमा आफूलाई आवश्यक पर्ने सामाग्री अध्ययन पनि गर्न सकिन्छ ।

जसकारण खासगरी युवाहरुमाझ ल्यापटपको लोकप्रियता बढ्दो छ ।

बजारमा धेरै प्रकारका ल्यापटप पाइन्छन् । तर तपाइलाई थाहा नहुन पनि सक्छ कि कुन ल्यापटपको मूल्य कति पर्छ । हामीले काठमाडौंका ल्यापटप पसलहरुमा के कति मूल्यका ल्यापटप पाइँदा रहेछन्. भन्ने जानकारी दिन खोजेका छौं ।

न्यूरोडको स्टार अफिस इन्टरनेसनलले ४० हजारदेखि ३ लाख रुपैयाँसम्मका ल्यापटपहरु विक्री गरिरहेको छ । यो पसलमा डेल, एचपी र एसिइआर ब्राण्डका ल्यापटपहरु किन्न सकिने छ ।

पसलकी सञ्चालक सरस्वती घिमिरेले स्टार अफिस इन्टरनेशनलमा डेलका ४० हजार रुपैयाँदेखि ३ लाख रुपैयाँसम्मका ल्याप्टपहरु छन् । त्यस्तै, एचपीका ४० हजार रुपैयाँदेखि १ लाख रुपैयाँ मूल्यका ल्यापटपहरु छन् ।

त्यसैगरी, न्यूरोडस्थित अम्बे ट्रेडिङमा डेल, एसिइआर, लेनोभो र एमएसआइ ब्राण्डका ल्यापटपहरु छन् । यो पशलमा २९ हजार रुपैयाँदेखि ३ लाख ५० हजार रुपैयाँसम्मका ल्यापटपहरु रहेका छन् । अम्बे ट्रेडिङकी सञ्चालक अनिता पौडेलका अनुसार सो पसलमा डेलका ल्यापटपलाई २९ हजार देखि २ लाख ५० हजार रुपैयाँसम्म मूल्य पर्छ ।

त्यस्तै, लेनोभोका ३९ हजार रुपैयाँदेखि १ लाख ५० हजार रुपैयाँसम्मका ल्यापटप पनि सो पसलमा छन् । एमएसआइका ल्यापटपहरु ३ लाख ५० हजार रुपैयाँमा बिक्री गर्ने पौडेलले जानकारी दिइन् ।

त्यस्तै, पुतलीसडकको रितिका इन्टरनेस्नलमा ३० हजार ५ सय रुपैयाँदेखि ६० हजार रुपैयाँसम्मका ल्यापटपहरु रहेको यहाँकी विक्रेता नेहा बस्नेतले बताइन् ।

पुतलीसडककै आइटीसपमा २८ हजार रुपैयाँदेखि १ लाख १५ हजार रुपैयाँसम्मका ल्यापटपहरुेका छन् । यहाँ डेल, एचपी र एसिइआर ब्राण्डका ल्यापटपहरु रहेका छन् ।

यहाँका विक्रेता सुजनका अनुसार यहाँ डेलका २८ हजार रुपैयाँदेखि ३० हजार रुपैयाँसम्मका ल्यापटपहरु रहेका छन् । एसिइआरका १ लाख १५ हजार रुपैयाँसम्मका ल्यापटपहरु हाल विक्री भइरहेका छन् ।

पुतलीसडकको अर्को ल्यापटप स्टोरमा हाल ३० हजार रुपैयाँदेखि १ लाख ५५ हजार रुपैयाँसम्मका ल्यापटपहरु रहेका छन् । यहाँ एसिइआर, डेल, एचपी र लेनोभो ब्राण्डका ल्यापटपहरु रहेका छन् ।

यहाँ डेलको पेन्टियमको मूल्य ३० हजार रुपैयाँ रहेको छ धने डेल आइ ३ को ४१ हजार रुपैयाँ रहेको छ । यस्तै डेल आइ ५ को मूल्य ५५ हजार रुपैयाँ रहेको छ धने डेल आइ ७ को ७५ हजार रुपैयाँ पर्ने पसलका सञ्चालक दिपेन्द्र ढुङगेलले बताए ।

उता पुतलीसडककै माइक्रो प्लसमा भने ३४ हजार ९ सय रुपैयाँदेखि १ लाख ७६ हजार रुपैयाँसम्मको ल्यापटपहरु रहेको छ । सो पसलमा डेलको एस्पिएस ल्यापटपको १ लाख ७६ हजार रुपैयाँ रहेको छ ।

यस्तै डेलकै ल्याटिटिउड ल्यापटपको मूल्य ३४ हजार ९ सय रुपैयाँ रहेको छ । यस्तै एचपीको ल्यापटप ४८ हजार ९ सय रुपैयाँदेखि ७८ हजार ९ सय रुपैयाँसम्ममा खरिद गर्न सकिने यहाँकी विक्रेता प्रयाक्ष्या रायले बताइन् ।


पुष्प दुलाल