दरबारमार्ग किन भयाे सम्साँझै अन्धकार (फोटोफिचर)



काठमाडौं । सोमबार दरवारमार्गका चारवटा ब्राण्डेड पसलमा आपूर्तिमन्त्रीको नेतृत्वमा सरकारले छापा मार्यो ।

खरिद मुल्यभन्दा अत्याधिक नाफा लिएको आरोपमा सरकारी टोलीले नाइकसहित स्टोरवन, ब्रेन्टली र पुमाको स्टोरमा शिलबन्दी गर्यो।

जसमा नाईकको शो रुम नै नक्कली भएको खुलासा समेत भयो ।

बुधवार फेरि सरकारी टोली बजार अनुगमनमा निस्कियो । ब्राण्डेड घडी बिक्री गर्ने सुलक्स सेन्टरले ८७ हजार रुपैयाँमा किनेको घडी २ लाख ५ हजार रुपैयाँमा बिक्री गरेको पाइएपछि सरकारी टोलीले उक्त पसल पनि शील गर्यो ।

वाच एण्ड सीले ४५ सयको घडी १३ हजार रुपैयाँमा बिक्री गरेको पाइयो । सरकारी अनुगमन टोली पुगेपछि व्यापारीले बजार बन्द गराए ।

अनुगमनलार्इ रोक्न व्यापारीले ‘राज्य आतंक बन्द गर’ भन्दै नाराजुलुशसमेत गरे । त्यतिमात्रै होइन, व्यापारीहरुले अनुगमन टोलीका समस्यहरुमाथि हातपातको प्रयाससमेत गरे ।

दरवारमार्गमा विश्वविख्यात ब्राण्डको नाममा महंगोमा सामाब बिक्री गरिँदै आएको छ ।


क्लिकमान्डु