भारतमा १० हजारले जीप कम्पासको बुकिङ गरे, नेपालमा कहिले ?



नयाँ दिल्ली । फियाट क्रिस्टलर अटोमाबाइल इन्डियाले उत्पादन सुरु गरेको जीप कम्पासको बुकिङ १० हजार नाघेको छ । केही समयअघि सार्वजनिक भएको एसयुभी सेगमेन्टको जीप कम्पास निकै लोकप्रिय हुने अनुमान गरिएको छ ।

यसको पुष्टि छोटो समयमा भएको बुकिङले पनि गरेको छ । कम्पनीले जुन १९ मा जीप कम्पास सार्वजनिक हुनु भन्दा अघि प्रि–बुकिङ खुल्ला गरेको थियो ।

जीप कम्पास भने जुलाई ३१ मा सार्वजनिक भएको थियो । त्यसयता कम्पनीले ९२ हजार इन्क्वाइरी आएको जनाएको छ ।

फियाट क्रिस्टलर अटोमोबाइलले यो जीप कम्पास भारतमै उत्पादन गरेको हो । यो गाडीको मूल्य १४ लाख ९५ हजार भारतीय रुपैयाँबाट सुरु हुनेछ, जसको इन्जिन क्षमता १.४ लिटर पेट्रोल रहेको छ ।

त्यस्तै २ लिटर डिजेल इन्जिन भेरियन्टको मूल्य २० लाख ६५ हजार भारतीय रुपैयाँ तोकिएको छ । नेपालमा भने कहिले सार्वजनिक हुन्छ भन्ने अहिलेसम्म टुंगो लागेको छैन् ।


पुष्प दुलाल