ताम्राकार हाउसमा मोबाइल किन्दा ६० प्रतिशतसम्म छुट



काठमाडौं । काठमाडौंको न्यूरोडस्थित ताम्राकार मोबाइल कम्प्लेक्सले दशैं तिहारको बहार ताम्राकारमा मोबाइल किन्दा उपहार नै उपहार नामक आकर्षक योजना सञ्चालनमा ल्याएको छ ।

भदौ २२ गतेदेखि गरिन लागेको यो मोबाइल मेलाको मुख्य प्रायोजनमा मोटोरोला र लेनेभो मोबाइलले साथ दिएका छन् । यो महोत्सवमा सबै मोबाइल कम्पनीको साथपाएको जानकारी दिँदै ताम्राकार मोबाइल ब्यापार संघका अध्यक्ष जगत साउदले ताम्राकार मोबाइल बजारलेमोबाइलको मोडल हेरेर ५ देखि ६० प्रतिशतसम्म छुटको व्यवस्था गरेको बताए ।

सामसुङ एस फोर र एस फाइभमा ६० प्रतिशत, डिटिसी टचमा ६० प्रतिशत, हुवावे अनर होलीमा ४० प्रतिशत छुट दिइएको छ । यसैगरी लेनेभोकामोबाइलको खरिदमा मोडल हेरी ३० देखि ५० प्रति प्रतिशत सम्म छुटको ब्यवस्था गरिएको छ ।

नेपाल मोबाइल इम्पोर्टर एशोसिएशनका अध्यक्ष दिपक मलहोत्राले ताम्राकार मोबाइल बजारमा हरेक बर्ष दशैं र तिहारमा गर्ने मोबाइल महोत्सब सफल रहने बिश्वास ब्यक्त गरे । यसैगरी मुख्य प्रायोजक मोटोरोला र लेनेभोका निर्यातक कम्पनी लाइफ कमका प्रबन्ध निर्देशक तथा मोबाइल इम्पोर्टर एशोसिएशनका महासचिब अमित अग्रवालले ताम्राकारमा हुने मोबाइल मेलामा लेनेभो र मोटोरोलालाई मुख्य पार्टनरको रुपमा अनुबन्ध गरेकोमा आयोजकलाई धन्यबाद ब्यक्त गरे ।

ताम्राकार मोबाइलबजारमान्यूनतम ९ सयदेखि १ लाख ३० हजार रुपैयाँसम्मकाविभिन्न ब्राण्डका मोबाइल सेट उपलब्धछन् । मोबाइलबजारमादशैंका बेला दिइने आन्तरिक अफरसँगै कम्पनीहरुले ल्याएकाअफर तथाउपहार पनिपाइने छन् ।

नेपालीहरुको महान चाड बडादशैं तथातिहारको अवसर पारी विभिन्न ब्राण्डका मोबाइलफोनको खरिदमामोटरसाइकल, टिभी, स्मार्ट फोन बितरण गरिनेछ । यसैगरी दैनिक २ वटा मोबाइल, १० वटा ब्लुटुथ तथा पावर बैंक लक्की ड्र मार्फत वितरण गरिने व्यवस्था गरिएको छ भने साप्ताहिक रुपमा एउटा सामसुङको ३२ इन्चको टिभी लक्की ड्र मार्फतनै बितरण गरिने गरिने छ ।

मोबाइल मेलाअबधीभर ताम्राकार मोबाइल बजारमा सामसुङ, हुवावे, जियोनी, एचटिसी, डिटिसी, ओबिआइ, लाभा, सोनी, आइफोन, जेडटिइ, ओप्पो, कुलप्याड, वानप्लस, एमआइ, नोकिया, कलर्स लगायतसबै ब्राण्डका मोबाइल फोनको कारोबार हुने छ ।

बम्पर उपहार स्वरुप प्रदान गरिने एक वटा मोटरसाइकल र एक वटा स्कुटरको लक्की ड्र छठ पर्व सकिने बित्तिकै लक्की ड्र मार्फत छनोट गरि वितरण गरिने छ भने एउटामोटरसाइकल दशैं अगाडि नै लक्की ड्र मार्फत बिजेतालाई बितरण गरिने बताइएको छ ।


पुष्प दुलाल