राउन्ड टेबल नेपालको अध्यक्षमा जयन्त अग्रवाल निर्वाचित



काठमाडौं । राउण्ड टेबल नेपालले आफ्नो १८ औं राष्ट्रिय वार्षिक साधारण सभा पोखरामा सम्पन्न गरेको छ । राउण्ड टेबल नेपाल शुन्य खर्च संस्था हो । संस्थाले उठाएको सम्पूर्ण रकम विद्यालय निर्माण र बालबालिकाको पठन पाठन निमित्त प्रयोग गर्ने गरिन्छ ।

सो साधारण सभामा जयन्त अग्रवाल आरटिएनको अध्यक्ष पदमा निर्वाचित भए । नयाँ वोर्ड गठन अन्तर्गत रवि खेतान उपाध्यक्ष, सौरभ केडिया सचिव, अश्वनी बंसल कोषाध्यक्ष तथा अमित मोरे संपादक पदमा नियुक्त भएका छन् । निखिल जयसानी यस संस्थाका निर्वतमान अध्यक्ष हुन् ।

सो साधारण सभा बैठकमा भारत, बंगलादेश, श्रीलंका तथा जर्मनीका अन्तराष्ट्रिय राउण्ड टेबल अन्र्तगतका सदस्यहरुको सहभागिता थियो ।

राउण्ड टेबल नेपाल एक सामाजिक उत्तरदायी संस्था हो जस अन्र्तगत गरिब बालबालिकाहरुको लागी शैक्षिक पूर्वाधार निर्माणमा सक्रिय रहने गरेको छ । साथै यो संस्था अरु सामाजिक कार्य जस्तै रक्तदान कार्यक्रम, बाढिपहिरोमा परेकाहरुको उत्थान लगायतका अरु विभिन्न कार्यमा सक्रिय छन् ।


क्लिकमान्डु