एलजीको ‘हजुरको पर्व हाम्रो प्रविधि’ योजना सार्वजनिक



काठमाडौं । एलजी ब्राण्डले दशैं, तिहार तथा छठ २०७४ को अवसरमा ‘हजुरको पर्व हाम्रो प्रविधि’ भन्ने नाराका साथ योजना ल्याएको छ । एलजीको योजना अनुसार हरेक सामाग्रीको खरिदमा निःशुल्क उपहार, ३० प्रतिशतसम्मको छुटका साथै एलईडि टिभीका खरिदमा २ वर्षसम्मको फुल वारेण्टी दिने कम्पनीले जनाएको छ ।

सबै ओलेड टिभीहरु र ६० इन्चभन्दा माथिका युएचडि टिभीमा ३७ हजार ९ सय ९० रुपैयाँ पर्ने एसएचपाईभ साउण्ड  छ । ४९ र ५५ इन्च युएचडि टिभीमा १५ हजार ९० रुपैयाँ पर्ने म्युजिक फ्लो छ । ४३ इन्च युएचडि टिभी र ४९ अनि ५५ इन्चका स्मार्ट टिभीहरुमा ११ हजार ५ सय ९० रुपैयाँ पर्ने एलएच ६४ बि अडियो सिस्टम र ४३ स्मार्ट र ४३ इन्चभन्दा माथिका नर्मल एलइडि टिभीहरुमा ७ हजार १ सय ९० मूल्य पर्ने पिएचवान ब्लुटुथ स्पिकर पक्का उपहार  राखिएको छ ।

साइड बाई साइड, डोरइन. डोर, बटम फ्रिजर रेफ्रिजेरेटरहरुको खरिदमा १३ हजार १ सय ९० रुपैयाँ पर्ने माइक्रोवेभओभन, चेष्ट फ्रिजर र डबल डोर रेफ्रिजेरेटरको खरिदमा ३ हजार ३ सय ३० रुपैयाँ पर्ने मिक्सर ग्राइन्डर पक्का उपहारको रुपमा राखिएको कम्पनीले जनाएको छ ।

त्यसैगरि फ्रन्ट लोड वासिङ्गमसिनमा ३ हजार ४ सय ४० रुपैयाँ पर्ने सुपर कुकर र टप लोड अनि सेमि अटोमेटिक वासिङ्ग मेसिनमा १ हजार १ सय १० रुपैयाँ पर्ने कराई राखिएको छ । डिस्वासरमा १ हजार ५०० मूल्य बराबरको फ्रि डिटरजेन्ट, माइक्रोवेभओभनमा २ हजार रुपैयाँ पर्नेकुकिङ्ग किट, र एसिको खरिदमा २ हजार ५०० रुपैयाँ बराबरको फ्रि इन्स्टलेशनजस्ता आकर्षक उपहारहरु सित्तैंमा प्राप्त गर्न सकिने छ ।

यो योजना भदौ १९ गतेदेखि सिमित अवधिको लागि मात्र लागु हुने कम्पनीले जनाएको छ ।


पुष्प दुलाल