नागरिक लगानी कोषले २२ प्रतिशत बोनस दिने



काठमाडौं । नागरिक लगानी कोषले २१.८५ प्रतिशत बोनस दिने भएको छ । कोषको २१ औं साधारण सभाले २१.८५ प्रतिशत बोनस दिने प्रस्ताव पारित गरेको हो ।

साथै, कर प्रयोजनको लागि १.१५ प्रतिशत नगद लाभांसलाई पनि दिने निर्णय गरेको छ ।

आर्थिक बर्ष २०७१÷७२ मा कोषले ४८ करोड ६८ लाख ९७ हजार रुपैया आम्दानी गरेको छ । यो अघिल्लो बर्षको तुलनामा ३१.२१ प्रतिशत बढि हो । कोषको खुद नाफा १८ करोड ६१ लाख ४६ हजार रुपैया रहेको छ ।

सभाले सेयरधनीको तर्फबाट अशोक बुढाथोकी र अन्य बित्तिय संस्था समुहबाट नेपाल लाइफ इन्स्योरेन्सका प्रतिनिधि कमलेश कुमार अग्रवाल निर्विरोध निर्वाचीत भएका कोषका सूचना अधिकृत उद्धव सिलवालले जानकारी दिए ।


क्लिकमान्डु