नाडा अटो शो मा सिप्रदीद्वारा म्याक फोर-टी रोयल सार्वजनिक



 

काठमाडौं । म्याक लुब्रिकेन्टको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले काठमाडौंमा हाल सञ्चालन भइरहेको नाडा अटो शोमा म्याक फोर-टी रोयल सार्वजनिक गरेको छ । भारत पेट्रोलियम कर्पोरेशनका कार्यकारी निर्देशक एमएम सोमाया र सिप्रदी ट्रेडिङ्गका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले संयुक्त रुपमा म्याक फोर-टी रोयल सार्वजनिक गरेका छन् ।

म्याक फोर-टी रोयल उच्च पावर भएका ४ स्ट्रोक बाइकहरुलाई लक्षित गरि उत्पादन गरिएको सेमी सिन्थेटिक आयल भएको कम्पनीले जनाएको छ ।

उच्च पावर र टर्क प्रदान गर्ने भएकोले बाइक उच्च तापक्रममा पनि अत्यधिक गतिमा कुद्न सक्छ । अक्सिडेसन स्थिरतालाई बढाउँछ जसले गर्दा इन्जिन र आयलको आयु स्वतः बढ्छ र यसको इन्जिनको पाटपुर्जाहरुलाई समेत सुरक्षित राख्ने कम्पनीको दाबी छ ।


पुष्प दुलाल