पायोनियर मोटोकर्प निसानको आधिकारिक बिक्रेतामा नियुक्त



काठमाडौं । पायोनियर मोटोकर्पलाई नेपालको लागि निसान गाडीको आधिकारिक बिक्रेता नियुक्त गरिएको छ । मोटोकर्पले निसान मोटर्स कर्पोरेसन, जापानसंग सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।

उक्त सम्झौता अन्तर्गत पायोनियर मोटोकर्पले जापान, थाइल्याण्ड तथा भारतमा निर्मित निसानका उत्पादनहरु आयात गर्नेछ ।
यो अवसरमा कम्पनीले नयाँ माइक्रा एक्टिभ र सन्नी डिजेलको बिक्रिको शुरुवात गरेको छ ।

निसान माइक्रा एक्टिभ १.२ लिटर पेट्रोल इन्जिन जडिट गाडी हो । स्टीरीङ्गमा अडियो कन्ट्रोल, ब्लुुटुथ सुबिधा, चालकको सिटको उचाई मिलाउने सुविधाका साथै एयरब्यागले सुरक्षाको प्रत्याभूति गराउँछ । कम्पनीका अनुसार माइक्रा स्टिभ एक्सएलको मूल्य २३ लाख ९९ हजार रुपैयाँ र माइक्रा स्टिभ एक्सभी २६ लाख ९९ हजार रुपैयाँ छ ।

यस्तै, सन्नीले निशानको मुल्य ४० लाख ९९ हजार रुपैयाँ छ ।


पुष्प दुलाल