महासंघको जिल्ला/नगर उापाध्यक्षमा चण्डीराज ढकाल हाबी होलान कि नहोलान् ?



काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको जिल्ला नगरतर्फको उपाध्यक्षको निर्वाचन भदौ १९ गते सोमबार हुँदैछ ।

गत चैत २८ गते भएको चुनाबबाट निर्वाचित भएका उपाध्यक्ष प्रमोद श्रेष्ठ सक्रिय राजनीतिमा लागेपछि सो पद रिक्त थियो । रिक्त जिल्ला/नगर उपाध्यक्षमा किशोर प्रधान, निरक केसी र प्रकाश साउदले उमेद्वारी दिएका छन् ।

उनीहरुको उमेद्वारीसँगै व्यवसायीक वृतमा पक्ष/बिपक्षमा चहलपहल सुरुभएको छ । प्रधान यसअघि चैत २९ गते भएको निर्वाचनमा शेखर गोल्छासँग बरिष्ठ उपाध्यक्ष पदमा पराजित भएका हुन् ।

निरकक केसी र प्रकाश साउद दुबै अहिले महासंघका कार्यकरीणी समिति सदस्य हुन् ।

अहिले निरक केसीलाई उपाध्यक्ष बाउन पहल गर्नेको संख्या बढ्दै गएको देखिन्छ । महासंघका अधिकाशं पदाधीकारीहरु किशोर प्रधानलाई जिल्ला नगर उपाध्यक्ष बनाउन नहुने तर्क गर्छन् ।

महासंघ राजनीतिमा चासो राख्ने व्यवसायीका अनुसार महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, एसोसिएट उपाध्यक्ष चन्द्र ढकाल, कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधान र केही कर्पोरेट हाउसहरु केसीको पक्षमा देखिएका छन् ।

तर, लामो समयसम्म महासंघको राजनीतिमा हावी हुँदै आएका पूर्वअध्यक्ष चण्डीराज ढकाल भने किशोर प्रधानको पक्षमा छन् ।

बरिष्ठ उपाध्यक्षमा चुनाब लड्दा पनि चण्डीराजले प्रधानलाई साथ दिएका थिए । तर, उनी सफल भएनन् । के अबको चुनाबमा चण्डीराज ढकाल सफल होलान् त ?


पुष्प दुलाल