बाढी प्रभावित २३ जिल्लामा निःशुल्क सिम बाढ्दै टेलिकम




काठमाडौं । नेपाल टेलिकमले बाढी प्रभावित २३ वटा जिल्ला निःशुल्क सिम वितरण गरिरहेको छ । टेलिकमले झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, सिन्धुली, चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, वाँके, वर्दिया, कैलाली र कञ्चनपुरमा  ५० रुपैयाँको टक भ्यालूसहितको र कम्पनीको नेटवर्कभित्र थप ५० मिनेट बराबरको निःशुल्क कल गर्ने सुविधा सहितको सिम निःशुल्क वितरण गरी रहेको हो ।

साथै, बाढी प्रभावित क्षेत्रका नेपाल टेलिकमका ग्राहकहरुले आफुले प्रयोग गरिरहेको सिम नष्ट भएको वा हराएको भनी निवेदन पेश गरेमा सोको सट्टामा अर्को सिम कार्ड निःशुल्क उपलब्ध गराउने टेलिकमले जनाएको

यो सुविधा भादौ १२ गते देखि २६ गतेसम्म उपलब्ध हुनेछ । कम्पनीको ग्राहक सेवा केन्द्रबाट सिम लिन सकिने छ ।


क्लिकमान्डु