ड्याट्सन रेडी गो नेपाली बजारमा



काठमाडौं । नेपालको लागि आधिकृत बिक्रेता पायोनियर मोटोकर्पले ड्याट्सन रेडी गो वान प्वाइट जिरो एल नेपाली बजारमा सार्वजनिक गरेको छ । ड्याट्सन रेडी गो इन्टिलिजेन्ट स्पार्क अटोमेटेड टेक्नोलोजी ‘आइएसएटी’ इन्जिनमा उपलब्ध छ ।

गाडीमा न्यून इन्धन संचालन खर्च लाग्ने ३ सिलिन्डरको इन्जिनसँग फाइभ स्पिड म्यानुअल ट्रन्समिसन छ । ड्याट्सन रेडी गो २ मोडलमा ‘रेडी गो टि(जिरो)’ र ‘रेडी गो एस’मा उपलब्ध छन् ।

गाडीमा सेन्ट्रल लकिङ, रिमोर्ट किलेस इन्ट्री, ब्ल्याक इन्टेरियर, हर्न प्याड, र सिल्भर फिनिसिङ एसी उपलब्ध छ ।

‘रेडी गो टि(जिरो) १९ लाख ७५ हजार रुपैयाँ र ‘रेडी गो एस २० लाख २५ हजार रुपैयाँमा उपलब्ध छन् ।

पायोनियर मोटोकर्पले नेपालीहरुको महान चाड दशैंका लागि २ लाख २५ हजार रुपैयाँसम्मको नगद छुटको व्यवस्था मिलाएको छ । साथै, १ वर्षको निःशुल्क बीमा, एक्सचेन्ज सुविधा पनि दिएको छ । निःशुल्क एक्सेसरिज तथा स्क्रयाच कार्ड मार्फत ५ लाख रुपैयाँमको नगद छुट र बम्पर उपहारमा ड्याट्सन रेडी गो कार जित्ने मौका रहेको कम्पनीले जनाएको छ ।

३ वर्षको वारेन्टि, ३ वर्ष निःशुल्क सर्विसिङ्ग र सडक कर निःशुल्क गरेको छ । ड्याट्सन कार हाल १३ वटा डिलरहरु मार्फत नेपालभरी बिक्री गर्दै आएको छ ।


पुष्प दुलाल