चिरिबाबुको महानगरमा पाइलैपिच्छे फोहोरको डंगुर (फोटोफिचर)



काठमाडौं । यतिबेला ललितपुर महानगरको शहरी इलाकामा पाइलैपिच्छे फोहोर देख्न सकिन्छ । जननिर्वाचित प्रतिनिधि आइसकेपछि स्वच्छ वातावरणमा बस्न पाउने महानगरबासीको आशामा तुसारापात भएको छ ।

एक हप्तादेखि ललितपुरका गल्लीगल्लीमा फोहोरै फोहोर छ । फोहोरको दुर्गन्धका कारण सर्वसाधारण मुख छोपेर हिँड्न बाध्य छन् । काठमाडौं उपत्यकाको फोहोर फाल्ने ठाउँ नुवाकोटको सिस्डोलका स्थानीय बासिन्दा फोहोर फाल्न नदिने भन्दै आन्दोलनमा उत्रिएपछि उपत्यका दुर्गन्धित भएको हो ।

महानगरबासीलाई समस्याको समाधान नभएसम्म घरबाट बाहिर फोहोर नफाल्न महानगरले अनुरोध गरेको उपमेयर गिता सत्यालले बताइन् ।

‘हाम्रो फोहोर बोकेको गाडी स्थानीयले तोडफोडसमेत गरेका छन्, हामीले गृहमन्यूज्यूसँग भेटेर समस्याको समाधान गरिदिन पटकपटक आग्रह गरिसकेका छौं,’ सत्यालले क्लिकमाण्डूसँग भनिन्, ‘यो हाम्रो बसको विषय होइन । हामीले चाहेर पनि केही गर्न सक्ने अवस्था छैन ।’


पुष्प दुलाल