एचटिसीका ३ मोडल नेपाली बजारमा



काठमाडौं । नेपालका लागि एचटिसी स्मार्टफोनको आधिकारिक बितरक जेनेरेशन नेक्स्ट कम्यूनिकेसन्सले एचटिसी डिजायर ६५०, एचटिसी डिजायर १० प्रो तथा एचटिसी यु ११ बजारमा सार्वजनिक गरेको छ ।

एचटिसी डिजायर ६५० को मूल्य १७ हजार ८ सय २५ रुपैयाँ छ । एचटिसी डिजायर १० प्रो को मूल्य २९ हजार ९ सय रुपैयाँ तथा एचटिसी यु ११ को मूल्य ७९ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ । एचटिसी डिजायर ६५० निलो रंगमा उपलब्ध हुनेछ भने एचटिसी डिजायर १० प्रो गोल्डेन ब्ल्याक रंगमा उपलब्ध हुनेछ । त्यस्तै, एचटिसी यु ११ ब्ल्याक र रेड कलर अप्सनमा उपलब्ध छ । दशैं र तिहारको अवसरमा ग्राहकहरुले प्रतेक एचटिसी फोनहरुको खरिदमा चाँदीको सिक्का निशुल्क प्राप्त गर्नेछन् ।

एचटिसी डिजायर ६५०
एचटिसीको डिजायर ६५०सिरिज सन् २०१७ मा शुरु भएको हो । जसमा नयाँ डिजाईन र सुविधाहरु राखिएको छ । फोनको मुख्य विशेषता भनेको ५.० इन्चको आईपिएस एलसीडी क्यपासीटीभ टचस्क्रिन हो । यसमा क्वाड कोर १.६ गीगाहर्ज, ३२ जीबीको रोम र ३ जीबीको र्याम, दुई सिम लाग्ने, १३ मेगापिक्सेलको मुख्य क्यामरा, ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा, झिक्न नमिल्ने ननरिमुभवेल ३००० एमएएचको ब्याट्री, जीयो ट्यागिङ, टच फोकस, फेस डिटेक्सन, पानोरामा तथा मार्शमाल्लो अपरेटिङ सिस्टम राखिएको छ ।

एचटिसी डिजायर १०
फोनमा १.८ गीगाहर्जको अक्टा कोर प्रोसेसर युक्ते छ । ४ जीबीको र्याम राखिएको छ । फोनमा आन्तरिक स्टोरेज ६४ जीबीको छ भने फोटोका लागि २० मेगापिक्सेलको मुख्य क्यामरा तथा १३ मेगापिक्सेलको फ्रन्ट क्यामरा छ । एचटिसी डिजायर १० मा २ सिम प्रयोग हुन्छ भने ननरिमुभवेल ३००० एमएएचको ब्याट्री, जीयो ट्यागिङ, टच फोकस, फेस डिटेक्सन, एचडिआर, पानोरामा, फिंगर प्रिन्ट तथा एन्टि सेक युक्त छ ।

एचटिसी यू ११
फोन ५.५ इन्चको सूपर एलसिडी क्यापासिटिभ टच स्क्रीन डिस्प्ले युक्त छ । फोनमा अक्टा कोर प्रोसेसर युक्त रहेको छ । ६ जीबीको र्याम १२८ जीबीको आन्तरिक स्टोरेज रहेको छ । १६ मेगापिक्सेलको मुख्य क्यामरा र १२ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ । फोन ७.१ भर्सनको एन्ड्रोइड अपरेटिंग सिस्टममा आधारित रहेको छ भने ३,००० एमएएचको ब्याट्री पावर रहेको छ । एचटिसी यू ११ नूगटको फिचर सहित आउँछ भने यसमा स्न्यापड्रागन ८३५, जीयो ट्यागिङ, टच फोकस, फेस डिटेक्सन, एचडिआर र पानोरामा छ ।


क्लिकमान्डु