लक्ष्मी बैंक सिन्धुली पुग्यो



सिन्धुली । लक्ष्मी बैंकले सिन्धुली जिल्लाको १ नम्बर बजार, कमलामाईमा शाखा खोलेको छ । बैंकले पहिलो पटक सिन्धुलीमा सेवा विस्तार गरेको हो ।

बैंकको शाखा संजाल ६९ वटा, ३ वटा हस्पिटल सेवा काउन्टर,९० वटा एटिएम, २५ सय भन्दा बढि रेमिटेन्स् र ४ सयभन्दा बढि मोबाईल एजेन्टहरु पुगेको जनाएको छ ।

आर्थिक बर्ष २०७३/७४मा ५९ अर्ब ३२ करोड रुपैयाँ निक्षेप र ५२ अर्ब ७३ करोड रुपैयाँ कर्जा पुर्याएको छ । बैंकको वासलातको आकार ७० अर्ब ९० करोड रुपैयाँको छ । सोहि आर्थिक बर्षमा बैंकले १ अर्ब रुपैयाँको हाराहारीमा खुद मुनाफा आर्जन गर्न सफल भएको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २७ प्रतिशतले बढी भएको बैंकले जनाएको छ ।


क्लिकमान्डु