खाद्य संस्थानको खाद्यान्यमा मन्त्रीले भेटे ढुंगा,बालुवा र धुलो



काठमाडौं । आपूर्ति मन्त्री शिवकुमार मण्डल आइतवार साझ थापाथलीमा रहेको खाद्य संस्थानमा पुगे ।

मन्त्रीले खाद्य संस्थानको खाद्यान्यमा अनुगमनको क्रममा खाद्य बस्तुमा ढुंगा बालुवा र धुलो भेटाए ।

गोदाममा मुगु र कालिकोटबाट ल्याएको सिमिमा ठेकेदारले ढुंगा, बालुवा र धुलो मिसाएको भेटिएको थियो । वाढी प्रभावित क्षेत्रमा पठाउनका लागि सिमि प्याकिङ्ग गर्ने क्रममा यस्तो भेटिएको प्याकिङ ठेकेदार भगवान गिरीले बताए ।

‘प्याकेजिङ्ग गर्न ९ सय जना लाग्छ भनेर मैले हात हालेको १२ सय ७४ जना कामदारले बल्लतल्ल केलाएर सकियो’ उनले भने ‘अहिले सबै अखाद्य बस्तु हटाएर शुद्ध बनाएर राखेका छाँै ।’

थापाथली गोदाममा ७ सय २० क्विण्टल सिमि राखिएको मध्ये ४० क्विण्टल वाढी प्रभावित क्षेत्रमा पठाईएको वाग्मती अंचल प्रमुख भेषनाथ न्यौपानेले बताए । त्यस्तै गोदाममा रहेको ७ सय ८ क्विण्टल तितेफापरमा पनि धुलो फेला परेको छ ।

गोदाम प्रमुख न्यौपानेका अनुसार खाद्य संस्थानका तत्कालिन प्रमुख शिवहरी श्रेष्ठ र थापाथली गोदाम प्रमुख मोहन प्रकास चन्दको पालामा खरीद गरीएको उक्त खाद्य बस्तुमा ठेकेदारसंगको मिलेमतोमा अखाद्य बस्तु मिसाईएको हो । ‘सबै खाद्यवस्तुको खरीदमूल्य लुकाईएको छ विक्री मूल्य १ सय ५० रुपैयाँ तोकिएको अवस्थामा म भर्खरमात्र सरुवा भएर आएकोले सबै विवरण खोज्दै छु’ उनले भने ।

गोदाममा २०७२ सालमा भूकम्पपिडीतका लागि आएको चामल समेत वितरण नगरी राखिएको अवस्थामा भेटिएको छ ।

विग्रेको खाद्यान्न जनताकहाँ नपुगोस : मन्त्री

आपूर्ति मन्त्री मण्डलले कुहेको र फोहर मिसिएको खाद्यपदार्थ जनताकहाँ नपठाउन निर्देशन दिएका छन् ।

खाद्य संस्थानको समेत जिम्मेवारी लिनुभएका आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक कुमार प्रसाद दाहालल र गोदाम प्रमुख भेषनाथ न्यौपानेलाई उनले यस्तो निर्देशन दिएका हुन् ।

‘समस्या भएमा तुरुन्त खवर गर्नुहोला तर विग्रेको खाद्यबस्तु प्रयोग नहोस’ मन्त्री मण्डलले भन्नुभयो ‘तुरुन्त सफा गरेर विक्रीको प्रवन्ध मिलाउनु होला ।’ उनले भने ।

मन्त्री मण्डलले गुणस्तर र परीणाम दुवैमा कैफियत देखिएकोले छानविन गर्नेलाई कार्वाही गर्ने बताए ।

खरीदका क्रममा त्रुटी गरेर खाद्य संस्थानको बदनाम गर्न खोजीएको प्रति आफू दुखित भएको उनको भनाई छ ।

‘गोदामभित्र भएको कैफियत देखिएको छ, भद्रगोलका विचबाट खरीद गरीएको भेटिएको छ’ मन्त्री मण्डलले भने, ‘खरीद गर्दाको जिएम अवकास भईसकेकोले टेण्डरको खवतमा भएको त्रुटीका विषयमा बोलाएर छलफल गर्छौँ र हदैसम्मको कार्वाही गछौँ ।


क्लिकमान्डु