केमु बन्यो दराज, ४ दिने अनलाइन कार्निभलमा १० प्रतिशत छुट




काठमाडौं । अनलाइन सपिङ प्लेटफर्म दराज डटकम डटएनपीले चार दिने अनलाइन सपिङ कार्निभल सुरु गरेको छ । तत्कालिन केमु डटकम डटएनपीबाट दराज डटकम डट एनपीमा रुपान्तरण भएको उपलक्ष्यमा दोहोरो छुट सहित ‘दराज कार्निभल सेल’ सुरु भएको हो ।

केमु नेपालले दराज ब्राण्डबाट अनलाईन बजारमा उपस्थिति जनाउन लागेको कम्पनीले जानकारी दिएको छ । भदौ १२ देखि १५ गतेसम्म सञ्चालन हुने कार्निभल सेलमा सेवाग्रहीले हरेक सामानको खरिदमा दोहोरो छुट पाउने छन् । दराजले अहिले प्रदान गरिरहेको छुटमा कार्निभल अवधि भर थप १० प्रतिशत छुट दिनेदराजका प्रबन्ध निर्देशक राजिव अमात्यले बताए ।

कानिर्भल अवधिमा दराज डटकम डटएनपीमा लग इन गरी मोबाइल, विद्युतीय सामग्री, लत्ता कपडा, सैन्दर्यका उत्पादनलगायत दैनिक उपभोग्य सामान खरिद गर्नेले छुट पाउने बताइएको छ । आफुले खरिद गरेको सामान चित्त नबुझेको खण्डमा सेवाग्राहीले सात दिन भित्रमा सामान फिर्ता गर्न सक्ने दराजले जनाएको छ ।

सबै किसिमका ब्राण्डेड उत्पादन एकै स्थानबाट सेवाग्राहीलाई सुपथ मूल्यमा उपलब्ध गराउने लक्ष्य सहित दराजले नयाँ ब्राण्ड नाम अघि सारेको हो ।

दराज समुहले नेपाल सहित पाकिस्तान, श्रीलङ्का, बंगलादेश र म्यानमारमा पनि विगत ३ वर्षदेखि आफ्नो सेवा दिंदै आएको छ । पाँच मुलुकमा जनाएको उपस्थितिले अनलाइन प्लेटफर्ममा ठुलो संख्यामा सेवाग्राही आबद्ध हुने दराज समुहको दाबी छ ।


पुष्प दुलाल