मेगा बैंकमा जागिरका लागि ८३ जना माग



काठमाडौं । मेगा बैंकले रोजगारीका लागि आवेदन खुलाएको छ । बैंकले म्यानेजमेन्ट ट्रेनीदेखि ट्रेनी एसिस्टेन्टसम्म ८३ जनाका लागि रोजगारी खुलाएको हो ।

बैंकले म्यानेजमेन्ट ट्रेनीका लागि ८ जना र ट्रेनी एसिस्टेन्टका लागि ७५ जना कार्मचारीको माग गरेको छ । बैंकले म्यानेजमेन्ट ट्रेनीको लागि स्नातकोत्तर उत्र्तीण र ३० वर्ष मुनिका आवेदन दिन सक्ने जनाएको छ ।

ट्रेनी एसिस्टेन्टका लागि अनुभव नभएकाले पनि आवेदन दिन सक्ने बैंकले व्यवस्था मिलाएको छ । तर, यसका लागि लिखित परीक्षा दिनुपर्ने हुन्छ । बैंकले ट्रेनी एसिस्टेन्टका लागि आवेदन दिएकाहरुलाई छनोट पछि काठमाडौं, नारायनघाट, नेपालगञ्ज र इटहरी पठाउन सक्नेछ । यस पदका लागि २५ वर्ष सम्मकाले काठमाडौं उपत्यका भित्र र २७ वर्षसम्मकाले उपत्यका बाहिरका लागि फारम भर्न पाउने बैंकले जनाएको छ ।

म्यानेजमेन्ट ट्रेनीका लागि भादौ २५ गते र ट्रेनी एसिस्टेन्टका लागि भदौ २५ गतेसम्म आवेदन दिन सकिने छ । आवेदकले धwww.merojob.com/MBNLjf ww.realsolutions.com.np/bulletin.html. बाट आवेदन दिन सक्ने छन् ।


पुष्प दुलाल